IME Life

लघुबीमाको लाइसेन्सका लागि आवेदन दिने आज अन्तिम दिन, दिउसो १२ बजेसम्म मात्रै आवेदन दिन सकिने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले आह्वान गरेको लघुबीमा कम्पनीको लागि आजसम्म मात्रै आवेदन दिन पाइनेछ । आज अपरान्ह १२ बजेसम्म मात्रै आवेदन दिन सकिने बीमा समितिले जनाएको छ । समितिले गत भदौ १० गते ३५ दिनको म्याद दिएर सिलबन्दी प्रस्ताव आह्वान गरेको थियो ।

समितिका अनुसार अहिलेसम्म १० वटा भन्दा धेरैको आवेदन परिसकेको छ । मंगलबारसम्ममा नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, स्वदेशी लघु जीबन बीमा कम्पनी, जानकी जीवन लघुबीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गौर्दैन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड प्रस्तावित कम्पनीले बीमा समितिमा लाइसेन्सका लागि निवेदन दिएका छन् ।

Prabhu
Crest

न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्याई बीमाको विकास तथा विस्तार गर्न भन्दै समितिले तीन जीवन र चार निर्जीवन लघु बीमा कम्पनीको लाइसेन्स आह्वान गरेको हो । समितिले सात वटा प्रदेशमा केन्द्रिय कार्यालय रहने गरी प्रस्ताव आह्वान गरेको हो । चुनावको मुखैमा नेपाल सरकार खर्च जोहो गर्न लाइसेन्स आह्वान गरेको भन्दै आरोप लाग्दै आएको छ । सरकारले नै कतिपय व्यवसायिक समुह सँग थप रकम आह्वान गरिरहेको चर्चा चलेको छ । बजारमा ८ करोड रुपैयाँसम्मको घुस डिल भएको चर्चा छ ।

शेयर बजार घटेको समयमा लाइसेन्स आह्वान गर्दा व्यवसायीलाई रकम जुटाउन गाह्रो परिरहेको छ । त्यसमा पनि अहिले व्यवसायिहरु बैंकिङ तरलता अभाव र आर्थिक मन्दीको सिकार भइरहेका छन् । बजारमा तरलता नहुँदा लगानीयोग्य रकमको अभाव छ । ५ वर्ष अगाडी बीमा कम्पनीमा लगानी गरेकै समुहले लगानी गर्न चाहिरहेका छन् । तर ५ वर्ष अगाडीकै लगानीको प्रतिफल पाउन नसकेका लगानीकर्ताहरु थप लगानी गर्न सक्ने अवस्थामा छैनन् ।

केहि समुहले भने यस पटक लघुबीमा कम्पनीका लागि प्रस्ताव नै नहाल्ने निर्णय गरेका छन् । अहिले नै चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ । संस्थापकले साढे ५२ करोड रुपैयाँ जुटाउनु पर्नेछ । अवको २ वर्षमा बल्ल आइपिओ निष्काशन गर्न पाइनेछ । बीमा समितिले आवेदनलाई छिट्टै नै मूल्याङ्कन गरेर लाइसेन्स दिने तयारी गरेको छ । सरकारले चुनाव अगाडी नै रकम जोहो गर्नु पर्ने भएकाले छिटो छिटो गरेर लाइसेन्स आह्वान गर्नु पर्ने बाध्यतामा समिति छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS