IME Life

संचय काेषले वर्षदिनमै बाँड्याे रू. ४१ कराेड, सबैभन्दा बढी औषधोपचार खर्च

SPIL
NIC ASIA

काठमाण्डाैं । कर्मचारी संचय काेषले एक वर्षकाे अवधिमा  सामाजिक सुरक्षावापत सञ्चयकर्ता कर्मचारी र तिनकाे आश्रित परिवारलाई ४१ कराेड रुपैयाँभन्दा बढी रकम वितरण गरेकाे छ । संचय काेषले आर्थिक वर्ष २०७८-७९ मा स्वास्थ्योपचार, दुर्घटना क्षतिपूर्ति, सुत्केरी तथा शिशु हेरचाह र काजकिरिया खर्च कार्यक्रम अन्तर्गत याे रकम वितरण गरेकाे हाे ।

काेषले गत आ‍‍वमा सबैभन्दा धेरै रकम औषधोपचार खर्चवापत वितरण गरेकाे छ । सञ्चयकर्ता औषधोपचार कार्यक्रम अन्तर्गत २ हजार ९८ जना सञ्चयकर्तालाई १७ करोड १४ लाख रुपैयाँ वितरण गरिएको काेषले उल्लेख गरेकाे छ ।

Prabhu
Crest

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत दाेश्राे ठूलाे रकम सुत्केरी तथा शिशु स्याहारका लागी वितरण गरिएकाे छ । कूल १९ हजार २ सय ५४ सञ्चयकर्तालाई १४ करोड ४४ लाख रुपैयाँ भन्दा बढी रकम वितरण गरिएकाे काेषले जनाएकाे छ ।

त्यसैगरी दुर्घटना क्षतिपूर्ति अन्तर्गत ४ सय २४ जना सञ्चयकर्तालाई ८ करोड ४७ लाख रुपैयाँ वितरण गरिएको छ । काजकिरिया अनुदान स्वरुप ३ सय ८ आश्रित परिवारलाई १ करोड २३ लाख रुपैयाँ राहत वितरण गरिएकाे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS