IME Life

कुमारी र एनसिसी बैंक विच मर्जरको सहमतिपत्रमा हस्ताक्षर, स्वाप रेसियो बराबर

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंक र एनसिसी बैंकले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आज सोमबार होटल मेरियटमा दुबै बैंकका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । संझौतापत्रमा एनसिसी बैंकक अध्यक्ष उपेन्द्र केशरी न्यौपाने र कुमारी बैंकका अध्यक्ष अमिर राणाले हस्ताक्षर गरेका हुन् ।

दुई बैंक विचमा एक बराबर एकको अनुपातमा मर्ज गर्ने सहमति भएको छ । मर्जर पछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसिसीका रमेश राज अर्याल र डिसिइओमा कुमारीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल रहने सहमति भएको छ । अध्यक्षमा पनि एनसिसीकै उपेन्द्र केशरी न्यौपाने रहने छन् । पुस भित्रै मर्जर प्रकृयाँ सक्ने दुबै बैंक विचमा सहमति भएको छ ।

Prabhu
Crest

मर्जर पछि बैंकको नाम कुमारी बैंक हुनेछ । एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने छ। कुमारीलाई पनि यो योजना ल्याइँदैन । अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९०० कर्मचारी छन् । एक्सटेन्सन काउन्टर बाहेक शाखा संख्या ३५५ पुग्ने छ।

अहिले कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड रुपैयाँ छ । मर्जर पछि चुक्ता पूँजी २५ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ । निक्षेप संकलन तर्फ हेर्ने हो भने भदौ मसान्तमा एनसिसीको एक खर्ब २८ अर्ब रुपैयाँ छ भने कुमारीको एक खर्ब ७८ अर्ब रुपैयाँ छ । मर्जर पछि बैंकको निक्षेप तीन खर्ब ६ अर्ब रुपैयाँ नाघ्नेछ ।

त्यस्तै कर्जा लगानी तर्फ भदौ मसान्तमा एनसिसीको एक खर्ब १८ अर्ब रुपैयाँ छ भने कुमारीको एक खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ । मर्जर पछि कर्जा लगानी २ खर्ब ७७ अर्ब रुपैयाँ पुग्नेछ ।

जगेडा कोष तर्फ कुमारी बैंकको ४ अर्ब ६१ अर्ब रुपैयाँ छ भने एनसिसीको तीन अर्ब ८४ करोड रुपैयाँ छ । मर्जर पछि जगेडा कोष ८ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । पछिल्लो वित्तीय विवरण अनुसार एनसिसीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ भने कुमारीको १९ रुपैयाँ छ ।

कुमारीको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ छ भने एनसिसीको १४७ रुपैयाँ छ । दुबै बैंकको अधिकाम्स सूचकमा समानता छ । दोस्रो बजारमा भने कुमारीको १८६ रुपैयाँ र एनसिसीको १८४ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS