IME Life

रिलायन्स क्यापिटलको निर्जीवन बीमा व्यवसायको लागि तीन कम्पनीले लगाए बोल

SPIL
NIC ASIA

काठमाडौं । ऋणमा डुबेको भारतीय रिलायन्स क्यापिटलको निर्जीवन बीमा व्यवसायका लागि छुट्टाछुट्टै बोलपत्र पेश गर्ने पिरामल फाइनान्सियल र जुरिच इन्स्योरेन्सले संयुक्त लगानीमा बोलपत्र बनाउने निर्णय गरेका छन् ।

प्रस्तावित संयुक्त उद्यम कम्पनीमा पिरामल र जुरिचको ५० प्रतिशत हिस्सा हुने इन्डो(एशियन न्यूज सर्भिसले उल्लेख गरेको छ। यो प्रस्तावित संयुक्त अधिग्रहण सफल भयो भने, यसले भारतीय निर्जीवन बीमा बजारमा जुरिच इन्स्योरेन्सको प्रवेशलाई सुनिश्चत गर्नेछ । तीन सम्भावित लगानीकर्ताहरू ( पिरामल फाइनान्स, जुरिच, र अमेरिकामा आधारित सम्पत्ति व्यवस्थापन फर्म एडभेन्ट) ले रिलायन्स जनरल इन्स्योरेन्सका लागि क्रमशः भारु ३६ अर्ब,३७ अर्ब, र ७० अर्बको बोल लगाएका छन्।

Prabhu
Crest

रिलायन्स क्यापिटलले १४ वटा गैर बाध्यकारी बोलपत्र प्राप्त गरेको छ । पूरै कम्पनीका लागि ६ कम्पनीले बोलपत्र पेश गरेका थिए भने बाँकी बोलपत्रदाताले विभिन्न सहायक कम्पनीका लागि बोलपत्र पेश गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS