Prabhu Life Ad Final

बीमा क्षेत्रकी पहिलो महिला सिइओ उपासनाले दिइन युनाइटेडबाट राजिनामा, विदेशी कम्पनीबाट अफर

काठमाडौं । बीमा क्षेत्रकी एक मात्र त्यसमा पनि पहिलो महिला प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले युनाइटेड इन्स्योरेन्स कम्पनीको सिइओ पदबाट राजिनामा दिएकी छिन् । पौडेल २०७८ बैशाखामा चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी थिइन् । तर उनले १७ महिना मात्रै काम गरेर बाहिरिएकी छिन् ।

युनाइटेडमा प्रायः कुनै पनि प्रमुख कार्यकारी अधिकृतले पुर्ण कार्यकाल काम गरेको रेकर्ड छैन । प्रमुख कार्यकारी अधिकृतले छोटो समयमै राजिनामा दिने र अधिकांश समय एक्टिङ सिइओबाटै कम्पनी सञ्चालन हुने गरेको पाइन्छ । उनले आफ्नो आन्तरिक कारण देखाउदै राजिनामा दिएकी हुन् ।

NLIC

पौडेललाई स्वदेशी बीमा कम्पनीबाटै राम्रो अफर आइरहेको बुझिएको छ । यस बाहेक उनलाई सिङ्गापुर लगायत अन्य देशका बीमा कम्पनीमा पनि काम गर्ने अफर आएकोले अहिलेसम्म उनले आफू कुन कम्पनीमा जाने भनेर निर्णय भने गरिसकेकी छैनन् । सञ्चार माध्यममा उनि हिमालयन रि इन्स्योरेन्स कम्पनीमा समेत अनुवन्धन हुन थालेको समाचार बाहिरिएको छन् । तर उनले अहिलेसम्म कुन कम्पनीमा जाने भनेर निर्णय बनाइसकेकी छैनन् ।

यदि प्रमुख कार्यकारी अधिकृत पदमै नियुक्त हुन चाहिन् भने उनलाई ६ महिनाको कुलिङ परियड लागु हुनेछ । तर पद घटाएर गइन भने उनलाई कुलिङ पिरियडको नियम लागु हुने छैन । ३५ वर्षकी उपासना बीमा क्षेत्रको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत, एक मात्रै महिला प्रमुख कार्यकारी अधिकृत र सबैभन्दा कान्छी प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

पौडेलले भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी छिन् । उनले भरतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारती एक्सामा एक दशक भन्दा लामो समय काम गरिन् । सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरेकी पौडेल युनाइटेडको सिइओ हुनुभन्दा पहिला यूनाइटेडमै डेढ वर्षदेखि कार्यरत थिइन् । उनि १७ महिना सिइओ सहित करिव तीन वर्ष काम गरेर युनाइटेडबाट बाहिरिएकी छिन् ।

यूनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना पौडेल,  बीमा क्षेत्रको पहिलो महिला सिइओ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App