IME Life

मार्केटमा सामान्य “मुमेन्टम” परिवर्तन, सस्तो शेयरको सूचीमा हाइड्रोपावर अघि ! (तथ्याङ्क सहित)

SPIL
NIC ASIA

काठमाडौं  । केही महिना अघिसम्म पनि नेप्सेमा कारोवार हुने कम्पनीहरुमा सबैभन्दा कम मूल्य भएको कम्पनीहरुको सूचीमा वाणिज्य बैंकको शेयरहरु थिए । साउन २० गतेको तथ्याँक अनुसार सबै भन्दा सस्तो कम्पनीको सूची हेर्दा शिर्ष ६ कम्पनीहरुनै वाणिज्य बैंक थिए तर अहिले भने अवस्था अलिक फरक देखिएको छ । अहिले सबैभन्दा सस्तो कम्पनीको सूचीमा हाइड्रोपावर सेक्टरका कम्पनीहरु देखिन थालेका छन् ।

असोज ६ गतेको बजार मूल्यको आधारमा हेर्दा नेप्सेमा कारोवार हुने शेयरमा हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्य सबै भन्दा कम मुल्यमा कारोवार भएको छ । कम्पनीको मूल्य १७० रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, दोश्रोमा एचआईडिसीएल रहेको छ।  “लगानी” समूह अन्तर्गतको कम्पनी भएता पनि लगानीकर्ताले यो कम्पनीलाई हाइड्रोपावरकै मनोविज्ञानबाट हेर्ने गरेका छन् । एचआईडिसीएलको बजार मूल्य १७३ रुपैयाँ ५० पैसा छ । तेश्रोमा सबैभन्दा कम मूल्य भएको कम्पनीमा दिब्यश्वोरी हाईड्रोपावर रहेको छ । कम्पनीको बजार मूल्य १७६ रुपैयाँ छ ।

चौथो, पाँचौ, छैटौ र सातौ स्थान हाइड्रोपावर कम्पनीहरुकै हुँदा एकैपटक आठौ नम्बरमा वाणिज्य बैंकको शेयर रहेको छ । वाणिज्य बैंक मध्ये सबैभन्दा सस्तो शेयर कुमारी बैंकको १८५ रुपैयाँ ७० पैसा रहेको छ ।

छोटो समयमा अहिलेको अवस्था परिवर्तन हुनुमा लगानीकर्ताको दुई थरी विश्लेषण रहेको छ । एक थरी लगानीकर्ताहरु लाभांशलाई कारण मान्छन् । लाभांशको कारणले गर्दा पनि अहिले बैंक धेरै नघटेर हाइड्रोपावर धेरै घटेको बुझ्न सकिन्छ । लाभांशको मौसम भएको कारणले गर्दा लाभांशको लागि लगानीकर्ताले हाइड्रोपावर भन्दा वाणिज्य बैंक सुरक्षित ठानेको देखिएको छ ।

त्यस्तै, ११०० बाट सुरु भएर ३२०० परिसूचकसम्म पुगेको अहिलेको बुलमा वाणिज्य बैंकहरु कम बढेको तर हाइड्रोपावरको शेयर निकै गुणा वृद्धि भएको थियो । बजार घट्दा आक्रामक वृद्धि भएको सेक्टर धेरै घट्नुपनि स्वभाविक मान्छन् यस क्षेत्रका जानकरहरु ।

असोज ६ गते कम मुल्य भएका कम्पनीको सूची :

साउन २० गते कम मुल्य भएका कम्पनीको सूची :

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS