IME Life

इ-सेवाबाट बीमा शुल्क भुक्तानी गर्ने अनुपमले जिते एक लाख रुपैयाँ, तीन महिनामा ४ अर्बको भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । इ-सेवा मार्फत बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट इलामका अनुपम पोखरेलले एक लाख रुपैयाँ जितेका छन् । उनले ‘लक्की ड्र’ मार्फत एक लाख रुपैयाँ भुक्तानी गरेका हुन् । अनुपमको तर्फबाट उनको बुबा रोहित पोखरेलले बुझेका छन् । बीमितको अभिकर्ताले प्राप्त गर्ने २० हजारको पुरस्कार पनि रोहित पोखरेलले नै जितेका छन् ।

Prabhu
Crest

नेपालको पहिलो र अग्रणी भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना जेठ ५ गतेदेखि भदौ चार गतेसम्ममा बीमा शुल्क भुक्तानी गर्ने बीमितहरुलाई लक्की ड्रमा समावेश गराएको थियो । लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद रु एक एक हजार रुपैयाँ जित्न सफल हुनुभएको छ । इसेवाले हरेक हप्ता गोलाप्रथा मार्फत साप्ताहिक विजेता चयन गरेको थियो ।

यस अवधिमा बीमितहरुले ४ अर्ब रुपैयाँकी बीमा शुल्क इ-सेवा मार्फत भुक्तानी गरेको पाइएको छ । इसेवाले दुई वटा शाखा कार्यालयलाई पनि २०/२० हजारका दरले पुरस्कार गरेको छ । इसेवाले नेपाल लाइफको २० वटा शाखा कार्यालयमा डाइनामिक क्युआर कोड वितरण गरेको छ ।

बीमा शुल्कलाई इसेवा मार्फत भुक्तानी गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले यो अफर ल्याइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले जानकारी दिए । इसेवाले सन् २०१२ मा नै आफ्नो सेवा सुरुवात गर्दा बीमा शुल्क भुक्तानीको सुरुवात गरे पनि केहि कन्फुजनका कारण रोकिएको थियो ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स्का आइटी प्रमुख शरद चन्द्र प्याकुरेलले भने ‘इसेवाले नेपालको डिजिटल भुक्तानीमा अग्रणी भुमिका खेल्दै आइरहेको छ । पछिल्लो समय इसेवाले बीमा क्षेत्रको भुक्तानीलाई पनि अनलाइन मार्फत गर्नका लागि प्रोत्साहन गरिरहेको छ । जसले गर्दा बीमा क्षेत्रमा थप सहजता ल्याइरहेको छ । यसले बीमा गर्ने बीमित, बिमा एजेन्ट देखि हामीजस्ता कम्पनीहरुलाई पनि निकै सजिलो भइरहेको छ ।’

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS