Prabhu Life Ad Final

सिटिजन्स बैंकको ९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सिटिजन्स बैंकले लाभांश प्रस्ताव स्वीकृत गरेको छ । बैंकको हिजो बसेको ४०३ औं सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।

Biz Bazar
NLIC

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार