IME Life

बीमा जागरण अभियान सहित सन नेपालले मनायो पाँचौं वार्षिकोत्सव, ब्राण्ड जोगाउन आफै पूँजी जुटाउने दाउमा

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आज असोज ६ गतेदेखि ५ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ असोज ६ गते जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । नेपालको जीवन बीमा व्यवसायमा कम्पनीले कतिपय व्यवसायमा आफुलाई स्थापित गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा सन नेपाल लाइफले वैदेशिक रोजगार बीमा लेखमा आफूलाई एकछत्र रुपमा स्थापित गराउन सकेको देखिन्छ । त्यस्तै अन्य व्यवसायमा पनि आफुलाई स्थापित गराउने प्रयास गरिरहेको छ ।

कम्पनीले हालसम्मको अवधिमा नेपालभर ३० वटा शाखा र १६१ वटा उपशाखा कार्यालयहरुको स्थापना गरी देशको अधिकांश जिल्लाहरुमा अभिकर्ता तालिम र बीमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रमको माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको छ ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ छ । कम्पनीले अव आइपिओ निष्काशन गरेर नपुग पूँजी बोनस शेयर तथा केहि थोरै हकप्रद शेयर निष्काशन गरेर जुटाउने लक्ष्य लिएको छ । बीमा समितिले ल्याएको क्यापिटल प्लान सँगै केहि कम्पनीहरु मर्जर प्रकृयाँमा गए पनि सन नेपाल लाइफले भने आफै पूँजी जुटाउने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ९६ करोड रुपैयाँको आइपिओ निष्काशन गर्नेछ । उक्त आइपिओ निष्काशन पछि पनि कम्पनीलाई एक अर्ब ८० करोड रुपैयाँ पुग्ने छैन । कम्पनीको जगेडा कोषमा ५० करोड रुपैयाँ भन्दा माथि छ । यसले गर्दा केहि बोनस शेयर दिएर नपुग पूँजीका लागि ३० प्रतिशत हाराहारीको हकप्रद शेयर निष्काशन गर्न सक्नेछ ।

कम्पनीले ५ औ वार्षिकोत्सवको उपलक्ष्यमा असोज ५ गते विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न क्याम्पसका विद्यार्थीहरु विच बीमा जागरण अभियान कार्यक्रम संचालन गर्नुका साथै असोज ६ गते कम्पनी स्थापना तथा सामाजिक सेवा दिवसको अवसरमा रेडक्रस संगको समन्वयमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

कम्पनीको उपलब्धी हाँसिल गर्नमा बीमा समिति, समस्त अभिकर्ता, सम्पुर्ण कर्मचारी, बीमित तथा शेयरधनी महानुभावहरुले कम्पनी प्रति दर्शाएको विश्वास तथा सद्भाव प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ । कम्पनीले वार्षिकोत्सवको उपलक्ष्यमा आगामी दिनहरुमा अझ बढी सुलभ, सरल र आधुनिक सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS