IME Life

आइपिओ निष्काशन गरेका ७ कम्पनीको दोस्रो बजारमा लिष्टिङ बाँकी, संझौता गर्नै आएनन् !

SPIL
NIC ASIA

काठमाडौं । आइपिओ निष्काशन गरेर बाँडफाँड गरेका ७ वटा कम्पनीले अझै पनि नेपाल स्टक एक्चेन्जमा लिष्टिङ गर्न सकेका छैनन् । नेपाल स्टक एक्सचेन्जका अनुसार अभियान लघुवित्त वित्तीय संस्थाले भोलि लिष्टिङका लागि संझौता गर्दैछ । अभियानले साउन १८ गतेदेखि ९ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन गरेको थियो ।

यस बाहेक सयपत्री हाइड्रोपावर, धौलागिरी लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर, श्रृजनशिल लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपवारले दोस्रो बजारमा कारोबारका लागि सूचिकृत गरेका छैनन् ।

Prabhu
Crest

सयपत्रीले सर्वसाधारणका लागि साउन १७ गतेदेखि ११ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो । त्यस्तै धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि सर्वसाधारण समुहको तीन लाख ३१ हजार कित्ता आइपिओ बिक्री गरेको थियो ।

पिपुल्स पावरले भदौ ५ गतेदेखि सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । कम्पनीले सर्वसाधारण समुहको २४ लाख ६७ हजार ४०० कित्ता बिक्री गरेको हो । श्रृजनशिल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण समुहको तीन लाख ९३ हजार ७५० कित्ता बिक्री गरेको थियो । खप्तड लघुवित्तले भदौ ८ गतेदेखि एक लाख ७२ हजार कित्ता आइपिओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

सिक्लेस हाइड्रोपावरले भदौ २९ गतेदेखि असोज २ गतेसम्म निष्काशन गरेको थियो । यसको बाँडफाँड भने हुन बाँकी छ । यसरी सिक्लेसको बाहेक ६ वटाको बाँडफाँड भइ लिष्टिङ हुन सकिरहेको छैन । कम्पनीहरुले लिष्टिङका लागि प्रकृयाँ नै अगाडी नबढाएकाले कारोबारका लागि सूचिकृत नभएको नेप्सेले जनाएको छ ।

कम्पनीले आइपिओ बाँडफाँड गरे पछि कम्पनी रजिष्ट्रारबाट आवस्यक अनुमति लिनु पर्छ । यसका लागि धेरै समय लाग्ने गरेको कम्पनीहरुको गुनासो छ । यसरी कम्पनी रजिष्ट्रारबाट अनुमति लिए पछि बल्ल नेपाल स्टक एक्सचेन्जमा सूचिकरणका लागि सहमतिपत्रमा हस्ताक्षर गर्नु पर्छ । नेप्सेले संझौता गरे पछि कारोबारका लागि सिम्बोल दिनेछ । त्यहि सिम्बोलबाट दोस्रो बजारमा कारोबार गर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS