IME Life

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँडको मिति तय

SPIL
NIC ASIA

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ असोज ११ गते मंगलवार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार बिहानको ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको जनाएको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ आइपीओ प्रि अलोटमेन्ट असोज ७ गते शुक्रवार हुने भएको छ ।

उक्त आइपीओमा झन्डै १६ गुणा बढीले आबेदन परेको छ। सिडीएस एंड क्लियरिंग लिमिटेडका अनुसार सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको हो ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने गरि निष्काशन गरेको थियो ।

शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपिओ बिक्रि गरि बाँडफाँड गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS