IME Life

मेटलाईफको ब्रान्ड अभियानलाई २ कृति अवार्ड

SPIL
NIC ASIA

काठमाडौँ । मेटलाईफ र प्रिसमार्क मार्केटिङलाई विज्ञापन संघ नेपाल (आन) द्वारा आयोजित, १२ औं कृति अवार्ड २०७९ मा २ अवार्डद्वारा सम्मानित गरिएको छ । मेटलाइफले मेरो आत्मविश्वास, मेरो मेटलाईफ ब्राण्ड अभियानको लागि बेस्ट इभेन्ट/एक्टिभेसन (कांस्य) र उत्कृष्ट बीमा क्षेत्र अभियानमा, दुईवटा कृति अवार्ड जितेको छ । यस अवार्ड समारोहमा मेटलाईफ तीन विधामा मनोनयन भएको थियो ।

२ वटा अवार्ड प्राप्त गरे पश्चात मेटलाईफ नेपालका मार्केटिंग तथा संचार प्रमुख अंकित राजभण्डारीद्वारा क्षेत्रीय मार्केटिङ टोली, सम्बन्धित सहयोगीहरू र मेटलाईफ नेपालका क्रियेटिव एजेन्सी प्रिसमार्क मार्केटिङलाई यो ब्राण्ड अभियान सफलतापूर्वक कार्यान्वयन गर्न मद्दत गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । साथै आगामी दिनहरुमा पनि थप ग्राहकहरु सम्म पुग्न र सुरक्षा प्रदान गर्न यस्तै ब्रान्ड अभियानहरू सिर्जना गर्ने अपेक्षा जनाएका छन् ।

Prabhu
Crest

विज्ञापन सृजनात्मकता, प्राविधिक र अभियान विधा लगायत ३१ विधामा विगत २ वर्षका देशका उत्कृष्ट विज्ञापन/ब्रान्ड अभियानलाई पुरस्कृत गर्न विज्ञापन संघले यस कार्यक्रमको आयोजना गरेको थियो । यस वर्ष कृति अवार्डमा सबैभन्दा बढी सहभागिता देखिएको थियो । नेपालमा रहेका ४५ एजेन्सीहरूबाट कुल ४२५ प्रविष्टिहरू थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS