IME Life

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा १४२ कम्पनीको शेयर मुल्यमा बृद्धि

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ११ दशमलव २२ अंकले बढेर १,८४८ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मुल्य बढेको छ भने ३८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२६ कम्पनीको २५ लाख ३१ हजार ३७० कित्ता शेयर किनबेच हुँदा ७२ करोड १२ लाख ५९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ३ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज हिमालयन डिष्टिलरीको २ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २१२ रुपैयाँ रहेको छ ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ३ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३दशमलव ६३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS