IME Life

आ.व ७७/७८ को लागि ३ जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७७/ ७८ को लागि तीन जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन् । आर्थिक वर्ष २०७७/ ७८ को लागि नेपाल लाइफ, नेशनल लाइफ र एशियन लाइफले लाभांश घोषणा गरेका हुन् ।

नेपाल लाइफ इन्स्योन्स कम्पनी
नेपाल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को लागि कम्पनीको भाद्र ३० गते बसेको संचालक समितिको ३४४ औं बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत गरी वितरण गर्ने भएको हो ।

Prabhu
Crest

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि लगानीकर्तामा वितरण हुनेछ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको भदौ २७ गते साझ साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाखको १५ प्रतिशत अर्थात ६० करोड ५२ लाख रुपैयाँको बोनस शेयर वितरण गर्ने भएको हो । कम्पनीले उक्त बोनस शेयर वितरणका लागि कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड चार लाख रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफ र नेशनल लाइफले भने साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेका छैनन् । त्यसकारण यी दुई कम्पनीले शेयर किन्नेले अझै पनि कम्पनीको उक्त प्रस्तावित लाभांश पाउनेछन् ।

एशियन लाइफ
एशियन लाइफले आर्थिक वर्ष ७७/७८ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५३ करोडको आधारमा १४ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । जनसका लागि कम्पनीले बुक क्लोज समेत गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS