IME Life

जानिराख्नुहोस बीमा दाबीमा कसरी हुन्छ ठगी ?

SPIL
NIC ASIA

इन्स्योरेन्स शिक्षा   :  बीमा कम्पनीबाट अनुचितरुपमा वित्तीय लाभ प्राप्त गर्नको लागी गरिने फर्जी दाबीलाई बीमा दाबीमा हुने ठगी भनिन्छ । बीमालेखको बारेमा व्याख्या गर्दा, बीमितले आफ्नोबारेमा जानकारी दिंदा, तेश्रो पक्ष दाबीकर्ता वा दाबीकर्ताको सेवा प्रदायकबाट कुनै पनि बेला ठगी गरिएको हुनसक्छ । वास्तविकता भन्दा बढी क्षति देखाएर क्षतिपूर्ती दाबी गर्ने, काल्पनिक वा नियोजित घटनाको आधारमा क्षतिपूर्ती दाबी गर्ने प्रवृत्ति धेरैजसो देखा पर्ने गरेको छ ।

अमेरिकामा बीमा ठगी विरुद्ध अभियानले गरेको अध्ययनका अनुसार वर्षभरमा ३ खर्ब अमेरिकी डलरभन्दा बढीको बीमा दाबीमा ठगी हुने गरेको छ। यो तथ्यांकलाई त्यहाँको जनसंख्यासँग तुलना गर्दा एक जना अमेरिकी नागरिक बराबर औसत ४ सय अमेरिकी डलर बीमा दाबीवापतको ठगी हुने गरेको छ ।

Prabhu
Crest

बीमामा ठगीको प्रकारहरुः
१) बीमाशुल्क दुरुपयोगः
अभिकर्ताले बीमितसँग संकलित बीमाशुल्क व्यक्तिगत प्रयोजनमा खर्चिने र ढिलो गरी मात्र बीमा कम्पनीमा भुक्तानी नगरिदिने ठगी । यस्तो ठगीका कारण बीमाशुल्क भुक्तानी नहुँदै कुनै बीमा दाबी पर्यो भने बीमितले दाबीबाट कानूनी अधिकार गुमाउनुपर्ने अवस्था हुन्छ ।
तर बीमितले बीमा कम्पनीको आधिकारिक अभिकर्तालाई आफूले बीमाशुल्क भुक्तानी गरेको वैधानिक प्रमाण (बैंक कारोबार, चेक, खातामा रकमान्तर) छ भने अभिकर्ताले बीमाशुल्क भुक्तानी नगरेको भएपनि बीमितको दाबी लाग्छ ।

२) न्यून मूल्यांकनः
सम्पत्तिको जोखिम बीमा गर्ने पर्ने अत्यावश्यक अवस्थामा सम्पत्तिको न्यून मूल्यांकन गरेर होस् वा केही सीमित अंशको मात्र बीमा गरेर बीमाशुल्कवापतको खर्च कटौती गर्ने प्रवृत्ति रहेको हुन्छ । सामान्य अवस्थामा बीमाशुल्कवापतको रकम बचत भएपनि कुनै कारणवश सबै भौतिक सम्पत्ति आगलागी वा अन्य कुनै कारणले नष्ट भएको अवस्थामा बीमावापत नोक्सानी भएको सबै सम्पत्तिको दाबी रकम भुक्तानी पाइदैन । यो बीमितले बीमा कम्पनीसँग भन्दा पनि आफूले आफैंसँग गर्ने ठगी हो ।

३) सम्पत्तिमा जानाजान क्षतिः
बीमावापतको रकम दाबी भुक्तानी प्राप्त गर्नको लागी ठूला ठूला कम्पनीहरुले जानाजान आफ्नो सम्पत्तिमा आगलागी गराई दिएका हुन्छन् । यस सम्बन्धमा चौधरी समूहको टेलिभिजन फ्याक्ट्रीमा भएको आगजनीको विषयलाई लिएर ठूलै चर्चा भएको थियो । खेतान समूहको बनेपा जनागलस्थित मायोज चाउचाउ(हिमालयन स्न्याक्स)मा भएको आगलागीको बीमा दाबी सम्बन्धमा ठूलो विवाद सार्वजनिक भएको थियो । यो बाहेक उद्योग संचालनमा समस्या देखिए वा लगानी अन्यत्र लैजानुपर्ने भएमा उद्योगीले जानाजान आगलागीको घटना गर्ने प्रवृत्ति पनि देखिएको छ । भक्तपुरमा रहेको यति कार्पेट उद्योगमा भएको भीषण आगलागी पछि यसको संचालकले त्यहाँको उद्योग सधैंको लागी बन्द गरिदिएर वीरगंजमा कार्पेट उद्योग लगाएका छन् ।

दाङमा गत महिना एकजना व्यापारीले बीमा दाबी गर्नको लागी आफ्नो बिग्रिएको टिपरमा जानाजान आगजनी गराएको घटना सार्वजनिक भएको थियो ।

४) कामदार बीमामा ठगीः
केही संगठित कम्पनीहरुले कानूनी बाध्यताका कारण आफ्नो कामदार कर्मचारीको ठूलो बीमांकको बीमा गरिएको घोषणा गर्छन् । तर बीमाशुल्क वापतको खर्च कटौती गर्न सस्तो बीमाशुल्क भुक्तानी गरेर बीमालेख खरिद गर्ने र दाबी परेका बेला दाबी नदिने प्रवृत्ति रहेको हुन्छ ।
पछिल्लो समयमा लघु बीमा कम्पनीहरुले पनि ऋणको जोखिमवापतको बीमा समयमै नगर्ने तर दाबी परिसकेको अवस्थामा मात्र बीमा कम्पनीहरु सँगको मिलेमतोमा बीमा गरेर क्षतिपूर्ती दिलाउने प्रवृत्ति देखिन थालेको छ ।

५) महाविपत्ति दाबी ठगीः
प्राकृतिक विपत्ति, हुलदङगा, आन्दोलन लगायतको अवस्थाम सूचना संयन्त्र र राज्यको उपस्थिति कमजोर भएको मौका छोपेर वास्तविकभन्दा क्षतिपूर्ती दाबी गर्ने प्रवृत्ति समेत पाइएको छ । नेपालमा २०७२ सालको भूकम्पको समयमा नेपाल सरकारबाट अनुदान प्राप्त गर्नको लागी वास्तविकताभन्दा बढी नोक्सानी देखाएर क्षतिपूर्तीको दाबी गरिएको घटनाहरु प्रकाशमा आएको थियो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS