IME Life

अर्थ समितिलाई स्पष्टिकरण नै नदिइ नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स आह्वान

SPIL
Sanima Reliance

काठमाडौं । अर्थसमितिले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स दिने गरि नियमावली संसोधन भएको भन्दै ७ दिन भित्रमा स्पष्टिकरण पेश गर्न दिएको निर्देशनलाई वेवास्थ गरी धितोपत्र बोर्डले नयाँ लाइसेन्स आह्वान गरेको पाइएको छ ।

समितिले भदौ ३१ गते अर्थसचिवलाई पत्र काटेर ७ दिन भित्रमा स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको थियो । यस विषयमा गम्भिर रुपमा छलफल गर्नु पर्ने देखिएको तर तत्काल अर्थसमितिको बैठक बस्न नसक्ने अवस्था भएकाले यस सँग सम्बन्धित विषयलाई संकलन गरेर राख्न निर्देशन दिइएको छ ।

Crest
Meta Holidays

स्टक ब्रोकर एसोसिएसन तथा नेपाल धितोपत्र बोर्डको कर्मचारी युनियनले यस विषयमा अर्थसमितिमा उजुरी पेश गरेका थिए । ब्रोकर एसोसिएसनले भदौ २९ गते अर्थसमितिलाई पत्र मार्फत सरकारले पूँजी बजार विकास र विस्तारका  लागि गठित उपसमितिले दिएको सुझावलाई वेवास्था गरी नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स खुला गर्ने गरी कानुन ल्याउन थालिएको भन्दै उनिहरुले उजुरी हालेका हुन् ।

ब्रोकरले गृहमन्त्री मार्फत उक्त नियमावलीको संसोधनमा चलखेल समेत गरेका थिए । तर मन्त्रिपरिषदबाट पुनः उक्त नियमावली संसोधन गर्दै अन्ततः ब्रोकर लाइसेन्स तथा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स आह्वान गरिसकेको छ । संसदिय समितिको निर्दशनलाई वेवास्था गर्दै कमोडिटी एक्सचेन्ज, स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स नै आह्वान भइसकेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x