IME Life

शेयर बजार २२ महिना यताकै तल्लो विन्दुमा, व्याजदरले त्रसिद लगानीकर्ता

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार २२ महिना यताकै सबैभन्दा तल्लो विन्दुमा झरेको छ । मंगलबार नेप्से सूचक ३८.८१ अंकले घटेर १८३७.६० अंकमा झरेको छ । बैंकहरुले निक्षेपको व्याजदर बढाए सँगै कर्जाको पनि व्याजदर बढ्ने भन्दै लगानीकर्ता त्रसिद देखिएका हुन् । एकातिर तरलता अभावको चरम अवस्था अर्को तर्फ सरकारले नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन आह्वान गरे सँगै अहिलेका ब्रोकरहरु त्रसिद छन् । बजार खोसिने डरले गर्दा ब्रोकरले नै बजार घटाउन जोड बल गरिरहेका छन् ।

मंगलबार शेयर बजार २.०७ प्रतिशतले तल झर्दा कारोबार रकम एक अर्ब २२ करोड रुपैयाँको भएको छ । आज सम्पुर्ण सूचक तथा उपसूचक तल झरेको छ । आज सबैभन्दा धेरै कृषि विकास बैंकको २ प्रतिशतले मूल्य बढेको छ ।

Prabhu
Crest

पछिल्लो समय शेयर बजार लगातार तल झरिरहेको छ । विगत एक वर्षको अवधिमा शेयर बजार सर्वाधिक ३१९९ देखि तल झर्ने क्रममा आज १८३७ अंकमा झरेको छ । यस अवधिमा १३६२ अंकले तल झरेको छ । बजार बियरिस ट्रेण्डमा रहेकाले अहिले लगानीकर्ता डिप्रेस मुडमा छन् । घरजग्गादेखि लिएर समग्र अर्थतन्त्र नै लगातार तल झरिरहेको छ । यसको असर शेयर बजारमा अधिक देखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS