IME Life

खल्तीका ग्राहकले फोनपे क्यूआर मार्फत भुक्तानी गर्दा क्यासब्याक पाउने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । खल्ती डिजिटलका ग्राहकले खल्तीको मोबाईल एप्समार्फत पहिलोपटक फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढिमा १ सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् । फोनपे र डिजिटल वालेट खल्तीका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा खल्तीका प्रयोगकर्ता विभागका प्रमुख अविनास गुप्ता र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यो योजना असोज ४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको हो । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित् गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ ।

Crest

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

भुक्तानी सेवा प्रदायक खल्ती मार्फत विभिन्न किसिमका भुक्तानी तथा किनमेल गर्न सकिन्छ । खल्ती मार्फत मोबाईल रिचार्ज, बिजुली, खानेपानीको महशुल लगायतका थुप्रै सेवाको भुक्तानी तथा किनमेल गर्न सकिन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS