IME Life

शिखर इन्स्योरेन्स सर्वाधिक ठूलो रोजगारदाता, नेको दोश्रो स्थानमा हुँदा सगरमाथा तेश्रो ,कुन कम्पनीमा कति आबद्ध ?

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरुले आफ्नो शाखा संजाल विस्तार गर्दै आएका छन् । बीमा कम्पनीहरु सहरमा मात्र सिमित नभई देशको दुरदराजसम्म शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्दै आएको अवस्था छ । शाखा संजाल विस्तार गर्ने क्रमसँगै कम्पनीहरु जनशक्ति बृद्धिमा पनि उत्तिकै अग्रसर रहेका छन् । यसैक्रममा निर्जीवन बीमा कम्पनीहरुको हाल १ हजार ६६ वटा शाखा कार्यालयहरु संचालनमा रहेका छन् । जुन कार्यालयहरु मार्फत ५ हजार ६ सय ८१ जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

बीमा समितिको तथ्याङक अनुसार सर्वाधिक धेरै रोजगारदाता बीमकको रुपमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । हाल कम्पनीको ११० वटा शाखा कार्यालय विस्तार भएका छन् । जहाँ ६१६ जना जनशक्तिले प्रत्यक्ष रोजगार पाएका छन् ।

Prabhu
Crest

बीमा समितिले प्रकाशन गरेको २०७९ साउन महिनाको तथ्यांक अनुसार देशभर ७५ शाखा रहेको नेको इन्स्योरेन्स कम्पनी कूल ४८४ जना जनशक्ति सहित दोश्रो ठूलो रोजगारदाता निर्जीवन बीमकको रुपमा रहेको छ । त्यस्तै, ८८ वटा शाखा कार्यालय विस्तार गरेको सगरमाथा इन्स्योरेन्स कम्पनीले ४३६ जनालाई रोजगारी प्रदान गरी तेस्रो ठुलो रोजगारदाता निर्जीवन बीमकको रुपमा स्थापित भएको छ ।
त्यस्तै, हाल सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ९४ वटा शाखा कार्यालय संचालनमा रहेका छन् । जुन कम्पनीले ४२२ जना लाई रोजगार प्रदान गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८१ वटा शाखा तथा उप शाखा विस्तार गरी ४२१ जनालाई रोजगारी प्रदान गरेको छ । ८२ वटा शाखा कार्यालय रहेको एनएलजी इन्स्योरेन्स कम्पनीले ४१५ जनालाई रोजगारी दिएको छ ।

त्यसैगरी देशभर ६२ वटा शाखा कार्यालय रहेको अजोड इन्स्योरेन्समा ३२२ जना कर्मचारी आबद्ध छन् । ६३ वटा शाखा कार्यालय विस्तार गरेको प्रिमियर इन्स्योरेन्स कम्पनीमा ३२० जना जनशक्ति आबद्ध रहेका छन् । ५९ वटा शाखा तथा उप शाखा कार्यालय विस्तार गरेको नेपाल इन्स्योरेन्स कम्पनीले २८८ जनालाई रोजगारी दिएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ५० वटा शाखा कार्यालय विस्तार गरी २८५ जनालाई रोजगारी दिएको छ । आइएमई जनरलले ४५ वटा शाखा विस्तार गरी २७५ जनालाई प्रत्यक्ष रोजगार दिएको छ । यूनाइटेड इन्स्योरेन्सले ४५ वटा शाखा विस्तार गरी २७०  जनाले रोजगार पाएका छन् । प्रुडेन्सियलले ३७ शाखा विस्तार गरी २३९ जनालाई रोजगार दिएको छ ।

त्यस्तै, देशभर ५५ शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको प्रभु इन्स्योरेन्सले २२६ जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ । जनरल इन्स्योरेन्सले २०३ जनालाई रोजगार दिएको छ भने कम्पनीले ४१ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्नेछ । सानिमा जनरलले १९९  जनालाई वेरोजगारमुक्त बनाएको छ भने कम्पनीले २७ शाखा विस्तार गरेको छ । मुलुकभर १६ वटा शाखा विस्तार गरेको ओरिएण्टल इन्स्योरेन्सले १ सय जनालाई रोजगारी प्रदान गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ९१ जनालाई रोजगार दिएको छ भने कम्पनीले २३ वटा शाखा विस्तार गरी बीमा सेवा दिएको छ । नेशनल इन्स्योरेन्स कम्पनीले मुलुकभर १३ शाखा विस्तार गरी ६९ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ ।

औषत कर्मचारी संख्या सर्वाधिक
सानिमा जनरललको औसत कर्मचारी संख्या निर्जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक बढी रहेको छ । जम्मा २७ वटा कार्यालय मार्फत बीमा सेवा प्रदान गरिरहेको सानिमा जनरल इन्स्योरेन्सको प्रति कार्यालय औसत कर्मचारी संख्या ७ दशमलव ३७ रहेको छ । त्यसैगरी राष्ट्रिय बीमा कम्पनीको औसत कर्मचारी संख्या निर्जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक कम रहेको छ । जम्मा २३ वटा शाखा कार्यालय मार्फत बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीको प्रति कार्यालय औसत कर्मचारी संख्या ३ दशमलव ९५ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS