IME Life

आइपिओ निष्काशन नगरेका कम्पनीले मर्जर नगरी पूँजी जुटाउदै, १० जीवन बीमा कम्पनी मर्जरमा नजाने पक्का

SPIL
NIC ASIA

काठमाडौं । आइपिओ निष्काशन गर्न बाँकी चार जीवन बीमा कम्पनीले मर्जर नगरी पूँजी जुटाउने भएका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र रिलायबल नेपाल लाइफले संस्थापकहरु सँग सत प्रतिशत थप पूँजी माग गरिसकेका छन् । आइएमईले पाँचौ वार्षिक साधारणसभाबाट विध्यमान संस्थापकहरु सँग सत प्रतिशत हकप्रद निष्काशन गर्ने, उक्त पूँजीको आधारमा आइपिओ निष्काशन गर्ने र नपुग रकम बोनस शेयर दिएर जुटाउने आइएमईको योजना छ ।

त्यस्तै रिलायबल नेपाल लाइफ र सिटिजन लाइफले संस्थापकहरु सँग पूँजी जुटाइसकेका छन् । सन नेपाल लाइफले पनि संस्थापकहरु सँग सतप्रतिशत पूँजी जुटाउने योजना बनाएको छ । यसरी बीमा समितिले दिएको निर्देशन अनुरुप मर्जरको सहमति नगरेका चार नयाँ जीवन बीमा कम्पनीले अन्ततः आफैले पूँजी जुटाउने भएका छन् । बीमा समितिले कम्पनी घटाउने रणनीतिका साथ ल्याएको क्यापिटल प्लानमा पनि उनिहरुले लुपहोल खोजेका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई पूँजी जुटाउनु पर्ने समस्या छैन । नेशनल लाइफले बोनस शेयर दिएरै पूँजी जुटाउनेछ । एशियन लाइफले भ्याएसम्म बोनस शेयर दिने र नपुँग केहि पूँजी हकप्रद शेयर निष्काशन गरेर जुटाउने तयारी गरेको छ । एलआइसी नेपालले पनि हकप्रद बापतको रकम भारतबाट ल्याउने तयारी गरेको छ ।

सरकारी लगानी रहेको राष्ट्रिय बीमा संस्थानलाई भने बीमा ऐन आए पछि मात्रै समितिले एक्सन लिनेछ । मेट लाइफको हकमा भने पूँजी बाध्यात्मक पारिएको छैन ।

यस बाहेक प्रभु लाइफ र महालक्ष्मी लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफ, सूर्या लाइफ र ज्योति लाइफ, युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफले मर्जरको सहमति गरेका छन् । उनिहरुले मर्जरको प्रकृयाँ अगाडी बढाइरहेका छन् ।

बीमा समितिले कम्पनीहरुलाई गत असार मसान्तभित्र मर्जरको सहमति गर्ने बीमा कम्पनीलाई कर छुटको सुविधा दिने व्यवस्था मिलाएको थियो । संख्या घटाउने उद्देश्यले ह्वात्तै क्यापिटल बढाइए पनि १० वटाले भने आफै पूँजी जुटाउने साहस गरेका छन् । ९ वटा कम्पनीहरु मर्जर भएर ४ वटामा झर्ने भएका छन् । यस हिसावले समितिको रणनीतिले जम्मा ५ वटा कम्पनीको मात्रै संख्या घट्ने भएको छ । मर्जर पछि नेपालमा जीवन बीमा कम्पनीको संख्या १५ कायम रहनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS