IME Life

जीवन विकास लघुवित्तलाई अन्तर्राष्ट्रिय सम्मान

SPIL
NIC ASIA

काठमाण्डाै‌ं । जीवन विकास लघुवित्त संस्थाले गरिबी निवारण र प्रदुषण नियन्त्रणमा याेगदान पुर्याएवापत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकाे छ । बंगलादेशमा मुख्यालय रहेकाे थ्री जिराे क्लबले जीवन विकास लघुवित्त स‌ंस्थालाई वेष्ट थ्री जेड सपाेर्ट अर्गनाइजेशन अवार्डबाट सम्मान गरिएकाे हाे ।

Prabhu
Crest

माेरंगकाे विराटनगरमा मुख्यालय रहेकाे जीवन विकास लघुवित्त वित्तीय संस्थाले छाेटाे समयमै सामाजिक सेवा, राेजगारी सिर्जना, गरिबि निवारण र महिला सशक्तिकरणकाे क्षेत्रमा उल्लेखनीय याेगदान पुर्याएकाे छ । याे संस्थाले विद्यालय, स्वास्थ केन्द्र, शीप विकास केन्द्र समेत संचालन गरिरहेकाे छ । यसअघि जीवन विकास लघुवित्त वित्तीय संस्था अन्तर्राष्ट्रय अरब गल्फ प्राेग्राम फर डेभलपमेन्ट(एगफण्ड) अन्तर्राष्ट्रिय पुरस्कार २०१७ बाट सम्मानित भइसकेकाे छ । एगफण्डले ३ लाख अमेरिकी डलर (झण्डै  ३ कराेड ५३ लाख रूपैयाँ) पुरस्कार राशी प्रदान गरेकाे थियाे ।

लघुवित्त मार्फत् ब‌ंगलादेशमा गरिबी निवारणकाे सफल अभियान संचालन गरेका महम्मद युनुसकाे परिकल्पना साकार पार्ने उद्देश्यले थ्री जीराे क्लबकाे स्थापना गरिएकाे हाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS