IME Life

बजार १९०० तल आएसँगै धेरै कम्पनीहरुको मूल्य ५२ हप्ताको न्यून विन्दुमा (सूची सहित)

SPIL
NIC ASIA

काठमाडौं । नेप्से परिसूचक पुन १९०० को विन्दु तल आएको छ । असोज २ गते नेप्से परिसूचक करिव ३४ अंक घट्दै १८७६ को विन्दुमा पुगेको छ ।

शेयर बजार निरन्तर घटेको कारणले गर्दा अहिले धेरै कम्पनीको शेयर मूल्य ५२ हप्ताको मूल्यको सेरोफेरोमा कारोवार भएका छन् । असोज २ गतेको बजार मूल्यलाई हेर्दा माछापुछ्रे बैंक, समिट लघुवित्त, मिथिला लघुवित्त, निफ्रा, ग्रीनलाइफ हाइड्रो र अरुण हाइड्रो ५२ हप्ताको न्यून विन्दुमै छन् ।

Prabhu
Crest

त्यस्तै ५२ हप्ताको न्यून विन्दु भन्दा १ प्रतिशतसम्म मात्र बढी बजार मूल्य भएका २८ कम्पनीहरुका शेयर रहेका छन् भने ५२ हप्ताको न्यून विन्दु भन्दा २ प्रतिशतसम्म मात्र धेरै बजार मूल्य भएका ४१ कम्पनीहरुका शेयर रहेका छन् ।

व्याज दर वृद्धिको प्रभाव नेपाली दोश्रो बजारमा परेको छ । असोज १ गते पश्चात केही बैंकहरुले रेमिटेन्स मुद्दती खातामा १५ प्रतिशत माथि र सबै बैंकले साधारण मुद्दती खातामा १२ प्रतिशत माथि व्याज दिने भएका छन् । बैंकहरुले निक्षेपको व्याज दरलाई वृद्धि हुन नदिने भद्र सहमति तोडेसँगै  बजार निरन्तर घटेको छ । बजार घट्न थालेको लगातार तीन कारोवार दिन भएको छ । कम्पनीहरुको शेयर मूल्य ५२ हप्ताको न्यून मूल्य तिर आउनु भनेको बजार निकै धेरै घटेको बुझ्न सकिन्छ ।

एक वर्ष अघि भदौ महिनाको सुरुवाती दिनमा बजारले ३२०० को उच्च विन्दुसम्म पुगेको थियो । त्यस यता बजार बियरिस प्रवित्तिमा देखिएको छ ।

तथ्यांक श्रोत : नेप्से

नोट : यो सामाग्री विशुद्ध शैक्षिक प्रयोजनको लागि मात्र हो ।  यो तथ्याङ्कको आधारमा कारोवार गर्न मिल्ने छैन । 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS