Prabhu Life Ad Final

दुई नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउने, बोर्डबाट पाए अनुमति

काठमाडौं । दुई नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउने भएका छन् । नबिल फेलेक्सी क्याप फण्ड र सानिमा ग्रोथ फण्डले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट सञ्चालनको लागि अनुमति पाएका हुन । नबिल फेलेक्सी क्याप फण्डले भदौ २७ गते र सानिमा ग्रोथ फण्डले भदौ २८ गते बोर्डबाट अनुमति पाएको हो ।

सञ्चालनको अनुमति पाएसँगै नबिल फेलेक्सी क्याप फण्डले ७ करोड ५० लाख इकाई निष्काशन गर्नेछ । योजना ब्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

Biz Bazar
NLIC

त्यसैगरी सानिमा ग्रोथ फण्डले १२ करोड इकाई निष्काशन गर्नेछ । यस फण्डको योजना ब्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार