IME Life

नेप्से परिसूचक ३३ अंकले घट्दा सबै उपसूचकमा गिरावट

SPIL
NIC ASIA

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३३ दशमलव ९७ अंकले घटेर १,८७६ दशमलव ४१ को विन्दुमा कायम भएको छ । आज १९० कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको मात्र शेयर मुल्य बढेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लक्ष्मी बैंकको शेयर कारोबार भएको छ । बैंकको २१ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, प्रभु बैंकको संस्थापक शेयर १९ करोड ५८ लाखको कारोबार भएको छ । नेपाल टेलिकमको ५ करोड ३४ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई सम्मुनत स्किमका इकाईधनीले ५ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । नेपाल ल्युब ओएलका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी बैंकका लगानीकर्ताले ३ दशमलव ६६ प्रतिशतका दरले कमाउका छन् । आदर्श लघुवित्तका लगानीकर्ताले १ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभनदा धेरै बलेफी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS