IME Life

बुटवलमा दुर्घटना न्यूनीकरण तथा बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं।  बीमा समितिको आयोजनामा दुर्घटना न्यूनीकरण तथा बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका उपनिर्देशन विरोध भट्ट, समितिका सहायक प्रथम शिव प्रसाद खनाल, प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँड, प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँड लगायतको उपस्थिति थियो ।

बीमा समितिको उपनिर्देशक विरोध भट्टले सवारी दुर्घटना बीमा, तेश्रो पक्ष दुर्घटना बीमा, दुर्घटना बीमालगायतको विषयमा कार्यपत्र प्रस्तुत गर्दै दुर्घटना न्यूनीकरण गर्न सावधानी अपनाउनु एकदमै उपयुक्त विकल्प भएको बताए । उनले दुर्घटना भइसकेको अवस्थामा सवारी धनी र पीडित पक्ष दुबैलाई बीमाले आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले कुनै पनि सवारी साधनको बीमा अनिवार्यरुपमा गर्न सुझाव दिए ।

Prabhu
Crest

बीमा क्षेत्रमा कार्यरत जनशक्ति तथा सुरक्षाकर्मीहरुको सहभागीता रहेको कार्यक्रममा प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँड, सुरक्षित यात्रा अभियानका महासचिव दिनेश पाण्डेले सडक दुर्घटनाको अवस्था, जोखिम र सुरक्षाको उपायबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटी(निप्स) को लुम्बिनी प्रदेश र लुम्बिनी च्याप्टर सह आयोजक रहेको कार्यक्रममा लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको समेत सहभागीता रहेको थियो ।

कार्यक्रमकाे प्रमुख अतिथी रविन्द्र रेग्मीले दुर्घटना न्यूनीकरणकाे लागी खटिने सुरक्षाकर्मी र दुर्घटना भइसकेपछि वित्तीय उपचार उपलब्ध गराउने बीमाकर्मीबीचकाे अन्तरकृया लक्षित वर्गलाई प्रभावकारीरुपमा राहत प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरे ।  कार्यक्रमकाे सभापतित्व निप्सका लुम्बिनी प्रदेश अध्यक्ष विश्व दीपक नेपालले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS