IME Life

प्रभु क्यापिटलको १४औं वार्षिक साधारणसभा आज, ९% लाभांश पारित गर्ने मुख्य एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्नो १४औं वार्षिक साधारणसभा भदौ ३१ गते (आज) दिउँसो १२ः३० बजे होटल एलफ्ट छायाँ सेन्टर, ठमेलमा गर्दैछ।  कम्पनीको भदौ ६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको थियो ।

क्यापिटलले आर्थिक वर्ष २०७७/७८ मा प्राप्त मुनाफाबाट कर सहित नगद लाभांशको रुपमा ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव  उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको प्रभु क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७८/७९ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुची उपर छलफल गरी पारीत गर्नेछ ।

त्यसैगरी कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९ /८० को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा (कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरिक्षक श्री आर्चाय समन एसोसियटस पुनः नियुक्ति हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पेश हुनेछ । प्रबन्धपत्र र नियमावलीमा गरिने संसोधनरथप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव सभाले पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS