IME Life

नेपालको पूँजी बजारमा यसरी ऐतिहासिक परिवर्तनको शुरुवात भयो

SPIL
NIC ASIA

नेपाल स्टक एक्सचेन्ज र सिमित ब्रोकरहरुको कार्टेलिङ्ग, मोनोपोली र सिण्डिकेटबाट जकडिएको नेपालको पूँजी बजारमा अब ऐतिहासिक परिवर्तन शुरु भएको छ ।

हामी लगानीकर्ताहरुको कठिन प्रयास, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको दृढ ईच्छाशक्ति, अठोट र सक्रियता, प्रधानमन्त्री शेरबहादुर देउवाको सदासयता र अर्थमन्त्री जनार्दन शर्माको दह्रो साथका कारण नेपालको पूँजी बजारले ठूलो परिवर्तनको अवसर प्राप्त गरेको छ । यसका लागि हामी लगानीकर्ताहरु उहाँहरुको योगदानको उच्च मूल्यांकन गर्दै आधार ब्यक्त गर्दछौ ।

Prabhu
Crest

प्रधानमन्त्रीको चाहना नभएको भए, अर्थमन्त्रीले धितोपत्र बोर्डले गरेको निर्णयलाई तत्काल मन्त्रिपरिषदमा नपठाएको भए यति छिटै हामी लगानीकर्ताहरुले उहाँहरुलाई जय जयकार गर्ने अवसर पाउने थिएनौ, नेपालको पूँजी बजार बर्षौपछि सम्म पनि पछौटेपन र अनेक विकृतिबाट प्रताडित भईरहने थियो, त्यसको भार अन्ततस् हामी लगानीकर्ताहरुले नै ब्यहोरिरहनुपर्ने थियो । त्यस कारण पनि हामी लगानीकर्ताहरुका तर्फबाट उहाँहरुलाई कोटी कोटी नमन गर्दछौ। ।

हामी लगानीकर्ताहरुले २०७५ सालमा गरेको आन्दोलन र आमरण अनशनको दबाबले अर्थ मन्त्रालयले गठन गरेको अध्ययन समितिको ५८ बुँदे सुझाव र २०७९ साल असारमा धितोपत्र बोर्डसँग भएको १९ बुँदे सहमतिको ईमानदारिताका साथ कार्यान्वयन नै अहिलेको परिर्वतनको संबाहक हो । गत जेठ र असारमा हामी लगानीकर्ताले गरेको आन्दोलन र आमरण अनशनको जगमा १९ बुँदै सहमतिको बुँदा नम्बर १, २ र ९ को अहिले कार्यान्वयनको चरण शुरु हुँदा किन ऐतिहासिक परिर्वतन भनिएको हो भने निजी स्टक एक्सचेन्न्ज र खुलामुखी ब्रोकर प्रणालीले गर्दा अब नेपालको पूँजी बजारले नयाँ उचाई लिनेछ । विश्वका अरु आधुनिक पूँजी बजारमा जस्तै नीति, नियम, पुर्वाधार, प्रविधि र नियमनको दायरामा नेपालको पूँजी बजारले प्रबेशको ढोका खोलिसकेको छ । ५८ बुँदे र १९ बूँदेको आत्मा भनेकै स्टक एक्सचेन्ज र ब्रोकर ब्यवस्था भएकाले ती दुई कुराको सुधारले नेपालको स्टक एक्सचेन्जले ऐतिहासिक फड्को मार्ने छ ।

५८ बुँदे सुझावको बुँदा नम्बर ३८ मा नेपाल स्टक एक्सचेन्जमा सरकारको नाममा रहेको ५८ प्रतिशत नेपाल र राष्ट्र र्बैकको ३४ प्रतिशत हिस्सा विनिबेश गरी नेप्सेको पुनस्संरचना गर्ने भनिएको छ, तर अब निजी स्टक एक्सचेन्ज आएपछि नेप्सेको पुनस् संरचनाका लागि बाध्यतापूर्ण अबस्था सिर्जना हुनेछ, नभए उसको अबस्था खस्केर गई निजीको अगाडि टिक्न सक्ने छैन । हामी लगानीकर्ताहरुले पटक पटक दबाब दिँदा पनि सरकारले सुन्न र गर्न नचाहेको त्यो काम गर्न गराउन नेप्सेकै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । निजी स्टक एक्सचेन्जको चुक्ता पूँजी ३ अर्ब हुँदा ५० करोडको नेप्सेले खासै काम गर्न नसक्ने भएकाले उसको पनि चुक्ता पूँजी बढाउने तयारी भईसकेको छ । यसरी दुईवटा स्टक एक्सचेन्जको प्रतिस्पर्धा हुनु भनेको नेपालका पब्लिक कम्पनी, ब्रोकर र लगानीकर्ताहरुका लागि गुणस्तरीय सेवा सुविधाको छनौटको अवसर हो, जसले पूँजी बजारलाई नै प्रतिस्पर्धी र विकशित बनाएर लैजान्छ, लाभ हामी सबैलाई हो ।

सूचीकृत कम्पनीहरुले दुबै वा राम्रो गर्ने कनै स्टक एक्सचेन्जमा सूचीकृत हुने अवसर पाउने छन् । ब्रोकरहरुले दुबै वा कुनै एक स्टक एक्सचेन्जको सदस्य रहने भन्ने विकल्प रोज्न पाउने छन् । हामी लगानीकर्ताहरुले जुन स्टक एक्सचेन्जमा बेच्दा फाईदा हुन्छ, त्यही सेयर बेच्ने र कुनबाट किन्दा सस्तो पाईन्छ, त्यसैबाट किन्नेछौ ।

सिमित संख्याका सेयर ब्रोकरहरुको सिण्डिीकेट, कार्टेलिड। र मोनोपोली पनि अब समाप्त भएर गएको छ । ब्रोकरको खुला लाईसेन्सिड। प्रक्रिया र पूँजी बृद्धिले सक्षमहरु ब्रोकरहरु आउँछन्, अहिलेका ब्रोकरहरुले आफ्नो क्षमता बढाएर लैजाने छन् । तीन तहका ब्रोकरहरुको ब्यवस्थाले प्रविधि र पुर्वाधारमा मात्रै हैन, सेवा सुविधामै तीब्र प्रतिस्पर्धा हुनेछ । जसले राम्रो सेवा सुविधा दिन्छ, लगानीकर्ताहरु त्यतै जानेछन्, हामी लगानीकर्ताहरुलाई छनौटको विकल्प पर्याप्त हुने मात्रै हैन, राम्रो काम गरेर, हामी लगानीकर्तालाई खुशी पारेर धेरै लगाानीकर्ताहरुलाई आफुतिर तान्ने र कारोबार बढाएर लैजाने अवसर पुराना वा नयाँ ब्रोकरले पाउने छन् ।

धितोपत्र बोर्डको निर्णयलाई मन्त्रिपरिषदमा असफल पार्ने पटक पटकको प्रयास असफल भएपछि अब कसैले पनि शुरु भएको प्रक्रियालाई अबरुद्ध पार्ने प्रयास गर्ने छैन । अब शनिबारसम्ममा स्टक एक्सचेन्ज र तीन तहका ब्रोकरहरुका लागि आबेदन खुल्ने छ । ब्रोकरहरुको छनौट पुरा भए लगत्तै ब्रोकर कमिशन पनि घट्ने छ । आश्वा शुल्क घटिसकेको छ र डीपी शुल्कमा ब्यापक कटौति हुनेवाला छ । साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म र अन्य ब्यवस्थाहरु हुनेछन् । मर्जरमा गएका कम्पनीहरुको सेयर कारोबार लामो समय रोकिने कुराको अन्त्य भएर बढीमा १५ दिन मात्रै रोक्का हुने ब्यवस्था हुने छ । ब्रोकर मार्फत नै लगानीकर्ताले कर्जा लिएर सेयर किन्नसक्ने मार्जिन ट्रेडिड।को ब्यवस्था कार्यान्वयन हुनेछ । गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउँने कुराको कार्यान्वयन पनि शुरु भईसकेको छ, अहिले पहिलो चरणमा विदेशमा काम गर्न गएका नेपालीले आईपीओमा १० प्रतिशत आरक्षणको ब्यवस्था आउने साताबाटै लागु हुँदैछ । पछि गैरआवासीय आउने ढोका पनि खुल्छ ।

यी सबै सुविधाहरु हामी लगानीकर्ताले यही दशैंको आसपासबाटै उपभोग गर्न पाउने पक्का भएकाले सबै लगानीकर्ताहरुमा बधाई दिन चाहन्छु । वास्तवमा मैले आमरण अनशनमा बसेर अहिलेको यो अवस्था सिर्जना गर्न सफल भएको हो भनेर घमण्ड गर्दिन किनभने यसमा लाखौ लगानीकर्ता र सरोकारवालाहरुको होस्टेमा हैसे छ र सबैको समान हिस्सेदारी छ । उहाँहरु सबै बधाईका पात्र हुनुहुन्छ । सबैभन्दा धेरै बधाई त म उहाँहरुलाई दिन चाहन्छु जसले हामीले आन्दोलन गर्दा र अनशन बस्दा गाली गनुर्भयो, अनेक आरोप लगाउनु भयो, दुत्कार्नुभयो । वीचमै आन्दोलन र अनशनस्थल छाडेर भाग्नुभयो र आमरण अनशन बसेको ब्यक्तिमाथि अनेक फत्तुर लाउनु भयो । उहाँहरु सबैभन्दा धेरै बधाईको पात्र हुनुहुन्छ र उहाँहरुले नै अहिले बक्तब्यबाजी गर्दै पनि हुनुहन्छ । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल दिनरात नभनी पूँजी बजारको बिकास, बिस्तार र लगानीकर्ताको हितका काममा खटिरहँदा अनेक आरोप लगाएर हतोत्साहित गर्ने प्रयास गर्नुभयो र उहाँको निर्णय असफल पार्न मन्त्रीहरुलाई समेत परिचालन गर्न लाग्नुभयो । उहाँहरुलाई पनि धेरै धेरै बधाई छ किनभने अब त्यस्तो पापी काम कहिल्यै गर्न नपाउने हुनुभयो ।

पूँजी बजारमा यति धेरै परिबर्तनको शुरुवात हुँदा पनि सेयरको मूल्य त बढेन नि भनेर कसैको मनमा प्रश्न होला । माथि उल्लेखित कामहरु हुदै गएपछि पूँजी बजारले आफ्नो गति आफै लिन्छ, सेयरको मूल्य घट्ने कि बढ्ने भन्ने कुरा बजारले आफै निर्धारण गर्छ । त्यसरी बजार स्वचालित र चलायमान भएपछि आफ्नो लगानी रणनीति र जोखिमबहन क्षमता बलियो बनाएर विवेकपूर्ण निर्णयले लगानी गर्नेहरु आगामी दिनमा पछुताउनुपर्ने छैन । तर अरुको बहकाउ र लहै लहैमा लाग्नेहरुले भने जहाँको पनि सेयर बजारमा अनन्तकालसम्म गुमाउँछन् नै । सबैले कमाउँने र सबैले गुमाउने कुराको ग्याारेन्टी कसैले लिन सक्दैन ।

बिकास र बिस्तार हुँदै गरेको पूँजी बजारमा आगामी दिनहरुमा धेरै अवसर सिर्जना हुनेछन् । यो ऐतिहासिक परिवर्तनलाई सबैले स्वागत गरौं । सबोन अध्यक्ष रमेश हमालको अभिनन्दन गर्दै अगाडि बढौं ।

(लेखक पूँजी बजारका अभियन्ता हुन् )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS