IME Life

हिमालयन रि र नेपाल इन्स्योरेन्स कम्पनीले सैद्धान्तिक सहमति लिदै, छिट्टै पूँजी पुर्याउने तयारी

SPIL
NIC ASIA

‍काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणको सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा पेश गरेका छन् । आर्थिक वर्ष सकिएको दुई महिना वित्न लाग्दा भर्खर दुई वटा कम्पनीले मात्रै सैद्धान्तिक स्वीकृतिका लागि समितिमा उपस्थित भएका छन् ।

पुनर्बीमा तथा निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएको दुई महिना भित्रमा वित्तीय विवरणका लागि सैद्धान्तिक स्वीकृति लिइसक्नु पर्छ । त्यस्तै ५ महिना भित्रमा एक्चुरियल मूल्याङ्कन समेत पेश गरिसक्नु पर्छ । बीमा समितिका अनुसार दुबै कम्पनीले उपलब्ध गराएको तथ्याङ्क हेरेर केहि दिन भित्रै सैद्धान्तिक स्वीकृति दिने योजना भएको छ ।

Prabhu
Crest

यस भन्दा अगाडी एक मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमाले बीमा कम्पनीहरुबाट तथ्याङ्क आउन ढिलाइ हुने भन्दै वित्तीय विवरण तयार पार्न समेत गाह्रो हुने भन्दै बहाना बनाउने गरेको थियो । त्यसैले आर्थिक वर्ष सकिएको दुई वर्षमा पनि मुस्किलले साधारणसभा गर्ने अभ्यास थियो । तर हिमालयन रिले भने आर्थिक वर्ष सकिएको दुई महिना पनि नवित्दै लेखापरीक्षणको काम अगाडी बढाएको छ । हिमालयनले आजै मात्रै सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार मुनाफा २७ करोड ८२ लाख आर्जन गरेको छ । कम्पनीले छिटो छिटो लेखापरीक्षण सम्पन्न गरेर आइपिओ निष्काशन गर्ने तयारी गरेको छ ।

त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीले पनि सैद्धान्तिक स्वीकृतिका लागि निवेदन दिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार मुनाफा ३२ करोड ८९ लाख रुपैयाँ छ । चुक्ता पूँजी एक अर्ब ३७ करोड रुपैयाँ छ । समितिको तोकेको चुक्ता पूँजी पुर्याउन कम्पनीलाई अझै एक अर्ब १३ करोड रुपैयाँ आवस्यक पर्छ । गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर दिएर नपुग पूँजीका लागि केहि हकप्रद शेयर निष्काशन गर्दा कम्पनीले साढे दुई अर्ब पुर्याउन सक्ने देखिन्छ । त्यहि भएर पनि कम्पनीले आगामी चैत सम्ममा बोनस वितरण गरेर हकप्रद शेयर निष्काशनको समेत तयारी अन्तिममा पुर्याउन सक्ने देखिन्छ । त्यसैले गर्दा पनि कम्पनीले लेखापरीक्षणको काम छिटो छिटो सकाउन खोजेको देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS