IME Life

राष्ट्रिय बीमा कम्पनीका नव नियुक्त सिइओ शेखर बरालले सम्हाले कार्यभार, प्राथमिकतामा लेखापरीक्षण र साधारणसभा

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शेखर बरालले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् । भाद्र २३ गते बसेको सञ्चालक समितिको बैठकले बराललाई आजदेखि लागु हुने गरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

कम्पनीको सञ्चालक समितिले  बराललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिको लागि बीमा समिति समक्ष स्वीकृतका लागि पेश गरेको थियो । उक्त प्रस्ताव बीमा समितिले सोमबार (आज) नै  बराललाई सिईओ नियुक्ती गर्न राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिले गरेको सिफारिस सदर गरेको थियो।

Prabhu
Crest

बरालले रणनीति बनाएर अगाडी बढ्ने र आफ्नो प्राथमिकतामा बाँकी रहेका आर्थिक वर्षहरुको लेखापरीक्षण गर्ने र साधारणसभा ६ महिना  भित्र सक्ने मुख्य काम रहेको जानकारी दिए ।

बीमा र बैङ्किङ्ग क्षेत्रमा २५ वर्ष भन्दा बढी अनुभव हासिल गरेका बरालसँग सुर्य लाइफ, लुम्बिनी जनरल र युनाईटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी  सम्हालिसकेको अनुभव छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेका बरालले त्रिभुवन विश्व बिद्यालयबाट एमबीए गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बरालको नियुक्तिलाई बीमा समितिले दियो स्वीकृति

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS