IME Life

नेपाली सेनाले माग्यो ४ हजार जना जनशक्ति, शैक्षिक योग्यता ८ कक्षा पास भए हुने

SPIL
NIC ASIA

काठमाडैं । नेपाली सेनाले देशका विभिन्न २८ वटा ब्यारेक तथा गुल्मबाट भर्ना गर्ने गरी सैन्य जनशक्ति माग गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुलातर्फ दुई हजार ८८ र बाँकी समावेशीतर्फ गरेर चार हजार पदमा सेनाले जनशक्ति माग गरेको हो ।

खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ ।

Prabhu
Crest

आज भदौ २४ गतेदेखि असोज २६ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर असोज २४ देखि असोज ३० सम्म आवेदन दिन सकिने छ। आवेदन शुल्क १५० रुपैयाँ रहेको छ । १८ वर्ष पुरा भई २२ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् ।

पुरुषको हकमा उचाई ५ फिट ३ इन्च हुनु पर्ने छ भने महिलाको हकमा उचाई ५ फिट हुनु पर्ने छ । पुरुषको हकमा छाती फुलाउँदा ३४ इन्च र नफुलाउँदा ३२ इन्च हुनु पर्ने छ । पुरुषको हकमा तौल ५० केजी र महिलाको हकमा न्युनतम तौल ४० केजी हुनु पर्ने छ । आवेदन दिनको लागि कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने छ । कक्षा ९ र १० उत्तीर्ण हुनेहरुले पनि कक्षा ८ उत्तीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य रुपमा बुझाउनु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS