IME Life

नेप्सेमा कारोवार हुने निर्जीवन बीमा कम्पनीलाई कति प्रतिशत पूँजी वृद्धि आवश्यक ?(तथ्याङ्क सहित)

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा हाल ९ निर्जीवन बीमा कम्पनीहरुको कारोवार हुँदै आएको छ । मर्जरको कारण केही कम्पनीको कारोवार रोकिँदा हाल ९ निर्जीवन बीमा कम्पनीको शेयर कारोवार हुँदै आएको छ । बीमा समितिले आगामी चैत्र महिना भित्र निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड चुक्ता पुँजीको लक्ष्य दिएकोमा कम्पनीहरु मर्जरको लागि पनि निकै जोड दिएको पाइन्छ । मर्जरमा नजाने कम्पनीले बोनस र हकप्रदमा जोड दिनु पर्ने छ ।

नेप्सेमा कारोवार हुने ९ निर्जीवन बीमा कम्पनी मध्ये सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनीको पुँजी सबै भन्दा कम छ । कम्पनीको चुक्ता पुँजी २६ करोड रहेको छ । कम्पनीले सर्वाधिक ८३७ दशमलव ६० प्रतिशतले पुँजी वृद्धि गर्नु पर्ने देखिएको छ ।

Prabhu
Crest

त्यस्तै, युनाइटेड इन्स्योरेन्सको पुँजी १ अर्ब २ करोड रहेको छ । कम्पनीलाई २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउन अझै १४३ दशमलव १५ प्रतिशतले पुँजी वृद्धि गर्नु पर्ने देखिएको छ ।

हालै मर्जर सम्पन्न गरी बीमा क्षेत्रको पहिलो कम्पनी बन्न सफल हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको मर्जर पश्चात पुँजी २ अर्ब २३ करोड पुगेको छ । कम्पनीलाई अझै ११ दशमलव ६१ प्रतिशतले पुँजी वृद्धि गर्नु पर्ने आवश्यकता छ । त्यस्तै नेप्सेमा कारोवार हुने कम्पनी मध्ये सबै भन्दा धेरै पुँजी शिखर इन्स्योरेन्सको छ । शिखर इन्स्योरेन्सको २ अर्ब २८ करोड चुक्ता पुँजी हुँदा कम्पनीले अझै ९ दशमलव ३६ प्रतिशतले चुक्ता पुँजी वृद्धि गर्न बाँकी छ ।

र यो पनि :

नेप्सेमा कारोवार हुने जीवन बीमा कम्पनीलाई कति प्रतिशत पूँजी

वृद्धि आवश्यक छ (तथ्याङ्क सहित)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS