IME Life

बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारी गर्नेको संख्या १०.५६ प्रतिशतले वृद्धि

SPIL
NIC ASIA

काठमाडौं । गत आर्थिक वर्षमा पुनर्बीमा कम्पनीबाहेक बीमा क्षेत्रमा प्रत्यक्ष रोजगारी गर्नेको संख्या १०.५६ प्रतिशतले बढेको छ । बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीमा कुल १२ हजार ३१ जना प्रत्यक्ष रोजगारीमा रहेका छन् ।

गत आर्थिक वर्ष २०७८/७९ मा २० निर्जीवन बीमा र १९ जीवन बीमा कम्पनी सञ्चालनमा थिए । माथिको तथ्याङ्कले दुईवटा पुनर्बीमा कम्पनीहरूमा प्रत्यक्ष रूपमा संलग्न जनशक्तिलाई समावेश गरिएकाे छैन। बीमा समितिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बीमा कम्पनीहरूमा प्रत्यक्ष रूपमा कूल १० हजार ८८२ जना जनशक्ति कार्यरत थिए ।

Prabhu
Crest

यसबाहेक बीमा समितिले गत आर्थिक वर्षमा ८४० नयाँ बीमा सर्वेक्षकलाई लाइसेन्स दिएको छ । जुन अघिल्लो आर्थिक वर्षको दोब्बरभन्दा बढी हो । बोर्डमा कुल १२४० बीमा सर्वेक्षक दर्ता छन्। समितिको आवधिक विवरणले गत आर्थिक वर्षमा ४६ हजार ४०३ नयाँ एजेन्सी लाइसेन्स वितरण भएको देखाउँछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS