IME Life

बीमा दाबी: वर्ष दिनमा जीवन बीमामा ३५ प्रतिशतले बढ्दा निर्जीवनतर्फ ८ प्रतिशतले उक्ल्यो

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले ठूलो बीमांकको बीमालेख जारी गर्ने प्रतिस्पर्धा बढ्दै जाँदा बीमा दाबीको आकार पनि बढ्दै गएको छ । एक वर्षको अवधिमा जीवन बीमा दाबी रकम ३५.१५ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिले प्रकाशन गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ३ लाख ३१ हजार ६ सय ३५ वटा बीमा दाबीवापतको रकम भुक्तानी गरेका छन् ।

यो संख्यामा दाबी भुक्तानी गर्दा जीवन बीमा कोषबाट ४४ अर्ब ६० करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीले १ लाख ३६ हजार ४ सय ६४ वटा बीमा दाबीवापत ३३ अर्ब रुपैयाँ भुक्तानी गरेका थिए ।

Prabhu
Crest

नेपाल लाइफ इन्स्योरेन्स पछि संचालनमा आएका मेट लाइफ, एशियन लाइफ, प्राइम लाइफ,गुराँस लाइफ र सूर्या लाइफ बीमा कम्पनीहरुले आफ्नो बीमितलाई १५ वर्षे अवधिको परिपक्व बीमावापतको रकम भुक्तानी गर्नुपर्ने समय भएकाले पनि बीमा दाबीवापतको भुक्तानी यसवर्ष अझै बढ्ने भएको छ ।

बीमा समितिका अनुसार निर्जीवन बीमा तर्फ पनि दाबी भुक्तानी ८.२५ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष भरमा १ लाख ४१ हजार १ सय ८६ वटा बीमा दाबीवापत १८ अर्ब ८२ करोड रुपैयाँ क्षतिपूर्ती भुक्तानी गरेका छन् । निर्जीवन बीमा कम्पनीले अघिल्लो आ.व. २०७७/७८ मा १ लाख ४६ हजार ९ सय ३१ वटा बीमा दाबीवापत १७ अर्ब ३९ करोड रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS