IME Life

जीवन बीमा व्यवसायमा आजीवन बीमाको हिस्सा जम्मा ३%, पर्याप्त विशेषताका बावजुद आजीवन बीमा योजनामा किन छैन आकर्षण

SPIL
NIC ASIA

काठमाडौं । विशेषताहरुले पूर्ण भएपनि जीवन बीमा कम्पनीहरुले बिक्री गर्ने कूल बीमालेखमा आजीवन बीमालेखको संख्या एक प्रतिशतको हाराहारीमा सीमित रहेको छ । बीमा समितिले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८ /७९ को तथ्यांक अनुसार १९ वटा जीवन बीमा कम्पनीहरुमा सकृय अवस्थामा रहेका कूल बीमालेखमध्ये आजीवन बीमालेखको संख्या १ लाख ५५ हजार ३ सय २८ रहेको छ । गत आ.व.मा जीवन बीमा कम्पनीहरुसँग सक्रिय रहेको कूल बीमालेख संख्या १ करोड ३० लाख ८९ हजार भन्दा बढी छ ।

बीमाशुल्कको आधारमा समेत आजीवन बीमालेखको हिस्सा कूल बीमाशुल्क आर्जनमा ज्यादै न्यून छ । प्रकाशित तथ्यांक अनुसार कूल १५ अर्ब ५ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क आम्दानीमा आजीवन बीमालेखबाट प्राप्त कुल बीमाशुल्को हिस्सा जम्मा ३.७१ प्रतिशत छ । गत आ.व.मा सावधिक जीवन बीमालेखको बिक्रीबाट जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल बीमाशुल्कको ३६.१२ प्रतिशत हिस्सा प्राप्त भएको छ ।

Prabhu
Crest

सावधिक बीमा योजनाको तुलनामा आजीवन बीमा योजनाको बीमाशुल्क थोरै महँगो हुन्छ । यसमा जीवन बीमा कम्पनीले दुई दुई पटक बीमांक रकम भुक्तानी दिनुपर्ने भएकाले बीमा कम्पनीमाथि आर्थिक भार सावधिक बीमा योजनाको तुलनामा बढी हुन्छ ।

के हो आजीवन बीमा योजना ?
सावधिक जीवन बीमा योजनाको तुलनामा आजीवन बीमा योजना बीमित र परिवारजन दुबैको लागी लाभदायक भए पनि बीमितमा पर्याप्त सचेतनाको कमीले गर्दा यो बीमालेख प्रति खासै आकर्षण हुन सकेको छैन ।

सावधिक जीवन बीमाको तुलनामा आजीवन बीमा योजनामा दोब्बर लाभ संभव हुनुका साथै बोनश दर पनि तुलनात्मकरुपमा बढी हुन्छ । सावधिक जीवन बीमा अन्तर्गत सामान्य अवस्थामा बीमा अवधि पुरा भएपछि जीवन बीमा कम्पनीले बीमांक बराबरको रकम र बोनश रकम एकमुष्ठ भुक्तानी गरिदिन्छ । त्यसपछि बीमा अन्तर्गतको सबै सेवा सुविधाहरु सधैंको लागी बन्द हुन्छ । आजीवन बीमालेख अन्तर्गत सावधिकमा झैं बीमा अवधिको समाप्तीपछि बीमांक बराबरको र बोनश रकम एकमुष्ठ भुक्तानी हुन्छ । त्यसपछि पनि बीमित बाचुञ्जेल बीमालेख चालू नै रहन्छ । बीमितले बीमा अवधि पुरा भएपछि बीमाशुल्क भुक्तानी गर्नुपर्दैन ।

नेपाली बीमा बजारमा आजीवन बीमा योजनाहरु अन्तर्गत सामान्य आजीवन बीमा योजना बाहेक अग्रिम भुक्तानीसहितको आजीवन, सावधिकसहितको आजीवन वा अग्रिम भुक्तानी र सावधिक सहितको आजीवन बीमालेखका विशेषताहरु भएको बीमालेख बिक्रीमा छन् ।

आजीवन बीमालेखमा बीमितले विभिन्न प्रकारका बीमा योजना छनौट गर्न सक्ने विकल्पहरु बजारमा उपलब्ध छन् । बीमा अवधि पुरा भएपछि मात्र भुक्तानी लिने सुविधा रोज्न सकिन्छ । दोश्रो विकल्पमा बीमालेख खरिद गरेको एक वर्ष पुरा भएपछि प्रत्येक वर्ष ५ प्रतिशतको दरले बीमांकको रकम किस्ता बन्दीमा फिर्ता लिने र बीमा अवधि पुरा भएपछि बाँकी बीमांक र बोनश रकम एकमुष्ठ भुक्तानी लिने सुविधा भएको विकल्प समेत रोज्न सकिन्छ । तेश्रो विकल्पको रुपमा बीमा अवधि पुरा भएपछि बीमांक र बोनश भुक्तानी लिने र त्यसपछि बीमितको उमेरको आधारमा ७० देखि १०० प्रतिशतसम्म बीमांक रकम बीमित स्वयमले  भुक्तानी लिने सुविधा सहितको विकल्प पनि रोज्न सकिन्छ ।

आजीवन बीमालेख अन्तर्गत यी जुनसुकै विकल्प रोजे पनि बीमा अवधि पुरा भएपछि पनि बीमित बाचुञ्जेल बीमालेख चालू रहन्छ । कुनै अतिरिक्त शुल्क भुक्तानी गर्नुपर्दैछ । तर बीमा अवधिको समाप्तीपछि बीमितको निधन भएको अवस्थामा इच्छ्याइएको वा नजिकको हकवालाले बीमांक बराबरको रकम थप भुक्तानी प्राप्त गर्ने सुविधा कायमै रहन्छ । तेश्रो विकल्प अन्तर्गतको भुक्तानी लिनु अघि नै बीमितको मृत्यु भएमा बीमितको इच्छ्याइएको वा नजिकको हकवालाले बीमांक रकम भुक्तानी पाउनेछ ।

आजीवन बीमालेखमा यी माथि उल्लेखित सुविधा बाहेक बीमा अवधि पुरा भएपनि नभएपनि ७० वर्षको उमेरभित्र दुर्घटनाको कारणबाट बीमितको मृत्यु भएमा इच्छ्याइएको व्यक्तिले बीमांकको दोब्बर रकम भुक्तानी प्राप्त गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS