IME Life

जानिराख्नुहोस जीवन बीमा अत्यावश्यक हुने चार अवस्था यस्ता छन्

SPIL
NIC ASIA

इन्स्योरेन्स शिक्षा   : तपाईं र तपाईंको परिवारले सुरक्षा र मानसिक शान्तिको सन्दर्भमा जीवन बीमा गर्दा धेरै लाभ उठाउन सक्नुहुन्छ। जीवन बीमाबाट प्राप्त हुने रकम ऋण चुक्ता गर्न, बालबच्चाको शिक्षादिक्षा खर्च, अन्त्येष्टि खर्च व्यहोर्न मद्दत गर्छ । यो बाहेक अकाल मृत्यु भएको अवस्थामा परिवारजनलाई ठूलो आर्थिक टेवा समेत प्रदान गर्छ ।

जीवन बीमा जीवनको कुन उमेरमा गर्ने भन्ने दोधार हुनु स्वाभाविक हो । तर जति कम उमेरमा जीवन बीमा गर्न सकिन्छ, यसबाट प्राप्त हुने प्रतिफल उत्तिनै बढी हुन्छ र बीमाशुल्कवापत तिर्नुपर्ने रकम सस्तो पर्छ ।

Prabhu
Crest

तपाईको पेशा व्यवसाय वा सौखको कारणले तपाईले जीवन बीमा आवश्यक पर्ने केही खास अवस्थाहरु हुन सक्छ ।

१) व्यापार व्यवसाय संचालनमा:
तपाईले सम्पत्ति धितो राखेर वा नराखेरै उद्योग व्यापारमा लगानी गर्नु भएको छ भने भविष्यमा आई पर्न सक्ने अप्रत्याशित अवस्थालाई सामना गर्न वा परिवारजनलाई टुट्न नदिनको लागी जीवन बीमा अत्यन्तै जरुरी हुन्छ ।

तपाईको निधनपछि केही समयमको लागी तपाईको व्यापार बन्द रहन सक्छ । व्यापार कस्ले सम्हाल्ने, कहाँबाट शुरु गर्ने भन्नेबारेमा परिवारजनमा अन्यौलताको अवस्था हुनसक्छ । यस्तो अवस्थामा बीमाबाट प्राप्त हुने रकमले परिवारलाई धेरै हदसम्म आत्मबल बलियो बनाउन मद्दत गर्छ ।

जीवन बीमामा दुर्घटना मृत्यु लाभ सहितको सुविधा रोजेको अवस्थामा परिवारजनले बीमांकको दोब्बर रकम भुक्तानी पाउनेछन् । उदाहरणको लागी तपाईले ५० लाख रुपैयाँ बीमांकको जीवन बीमा गर्नुभएको छ र दुर्घटनाका कारण अकाल मृत्यु भएको अवस्थामा परिवारजनलाई बीमा कम्पनीले एक करोड रुपैयाँ दाबी भुक्तानी दिनेछ ।

२) तपाईमाथि आर्थिकरुपमा निर्भर हुनेहरुको लागीः
तपाई परिवारको लागी आयको मुख्य श्रोत व्यक्तिको रुपमा भूमिका निर्वाह गरिरहनु भएको छ भने तपाईमाथि आइपर्न सक्ने वित्तीय संकट वा तपाईको अकाल मृत्युले परिवारजनको समेत बिजोगपूर्ण अवस्था हुन सक्छ ।

तपाईको आमाबाबु, श्रीमति वा श्रीमान, छोराछोरीको भरणपोषण तपाईमाथि नै निर्भर छ भने तपाईले जीवन बीमाको सहायता लिन ढिलो गर्नुहुँदैन । उनीहरुको जीवनस्तर राम्रो बनाउन र तपाई नरहँदा समेत जीवनयापन सहजरुपमा चल्ने अवस्था सुनिश्चित गर्नको लागी जीवन बीमा जरुरी हुन्छ ।

तपाई भर्खरै विवाहित हुनुहुन्छ भने पनि जीवन साथीको आर्थिक सुरक्षाको लागी दम्पत्तिकै जीवन बीमा गर्नु उपयुक्त हुनेछ । जसले गर्दा तपाई एक अर्काको अनुपस्थितिमा पनि जीवन साथीलाई बाँच्न सहज हुनेछ । बालबच्चा छन् भने उनीहरुको शिक्षा दिक्षाको सुनिश्चितताको लागी बालबालिका जीवन बीमा गर्नुभएमा जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्न तपाईलाई सहज हुनेछ ।

३) रोमाञ्चक खेलकुदमा सहभागीता :
तपाई रोमाञ्चपूर्ण खेलकुदमा सहभागी हुन मन पराउनु हुन्छ भने तपाईको लागी जीवन बीमा अत्यन्तै जरुरी हुन्छ । प्याराग्लाइडिङ, बन्जी जम्पिङ, प्यारासुट, जंगली शिकार, लामो दूरीमा आफैंले सवारी हाँकेर यात्रा गर्ने, पर्वतारोहण गर्ने लगायतको कुनै पनि शौख छ भने तपाईले जीवन बीमा गर्नु बुद्धिमानीपूर्ण निर्णय हुनेछ । किनभने यी गतिविधिमा तपाईले जतिसुकै सावधानी अपनाए पनि दुर्घटनाको संभावना जीवितै रहनेछ ।

४) जोखिमपूर्ण पेशाः
तपाई जोखिमपूर्ण पेशा जस्तै चालक, पाइलट, सुरक्षाकर्मी, औद्योगिक मेशिन अपरेटर, डोजर अपरेटर, चिकित्सालगायतको जोखिमपूर्ण पेशामा संलग्न रहनु भएको छ भने जीवन बीमा झनै आवश्यक हुन्छ । यो पेशाहरुमा थोरै पनि लापरवाही, प्राविधिक कारण वा बाह्य कारणले अनाहकमै ज्यान गुमाउनुपर्ने अवस्था हुनसक्छ । तपाईको अप्रत्याशित मृत्यु भएपछि तपाईमाथि नै निर्भर श्रीमान वा श्रीमति, छोराछोरीको बाँकी भविष्य के हुने रु पर्याप्त सम्पत्ति वा नगदको अभावमा उनीहरुको बाँकी जीवनको पालनपोषण, शिक्षा दीक्षा, औषधोपचार, सामाजिक व्यवहार सबै ठप्प हुन सक्छ । त्यसैले जीवन बीमा गर्दा तपाईले आफू नरहँदाको अवस्थामा पनि उनीहरुको जीवनलाई सहज बनाउनको लागी कति रकम आवश्यक पर्न सक्ला भन्ने पक्षमा ध्यान दिएर पर्याप्त रकमको बीमा गर्नु उपयुक्त हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

44%

खुसी

11%

दु :खी

11%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS