IME Life

के हो तेस्रो पक्ष बीमा ? यस्ता छन् फाइदा

SPIL
NIC ASIA

काठमाडौं । मोटर बीमा अन्तर्गत सवारी साधनको सुरक्षाका लागि गरिने बीमा तेस्रो पक्ष बीमा हो । यो बीमाले बीमा गरिएको सवारी साधनले तेस्रो पक्षलाई पुग्ने क्षति तथा हानीबाट सवारी धनीलाई सुरक्षा प्रदान गर्दछ । तेस्रो पक्षलाई पुगेको क्षतिको विवरण अनुरुप बीमकले भुक्तानी दिने भएकोले पनि यो बीमा अति नै उपयुक्त छ । दुर्घटना भएबापत तेस्रो पक्ष घाइते भएमा अथवा मृत्यु भएको खण्डमा पनि बीमकले खर्च व्यहोर्ने गर्दछ । बीमा कम्पनीले तेस्रो पक्ष बीमामा बीमाङ्क रकम भने ५ लाख रुपैयाँ तोकेको छ । तसर्थ तेस्रो पक्षको सुरक्षाका लागि गरिने बीमा नै तेस्रो पक्ष अर्थात थर्ड पाटी इन्स्योरेन्स हो ।

नेपालमा प्रत्येक सवारी साधनमा बीमा गर्नुपर्ने अनिवार्य नै रहेको छ । जसमा पूर्ण र तेस्रो पक्ष गरि दुई प्रकारको बीमा गर्न सकिन्छ । पूर्ण बीमाले सवारी साधन, चालक, सहचालक र तेस्रो पक्षको क्षतिलाई समेत व्यहोर्ने गर्दछ । तर, तेस्रो पक्षको बीमाले भने सवारीले तेस्रो पक्षलाई पुर्याएको क्षति मात्र व्यहोर्ने गर्छ । नेपालमा भने तेस्रो पक्षको बीमा नै बढी प्रयोगमा छ । एक वर्षको समयअवधि रहने यस बीमामा थोरै रकमको प्रिमियम तिर्दा पुग्ने भएकोले पनि मानिसहरु तेस्रो पक्षको बीमातर्फ बढी केन्द्रित हुने गरेको पाइन्छ ।

Prabhu
Crest

नेपालमा अझै पनि धेरैलाई बीमाको फाइदा बारे थाहा छैन भन्दा फरक पर्दैन । सरकारले अनिवार्य लागू गरेको तेस्रो पक्ष बीमाको फाइदा समेत थाहा नपाउँदा धेरै जसोले यसलाई झन्झटको रुपमा लिने गरेको पाइन्छ । तर तेस्रो पक्ष बीमाको फाइदा भने धेरै रहेको छ । जस्तै ः
दुर्घटना भएको खण्डमा सवारी साधनका धनिहरु कानूनी रुपमा बाँधिएका हुन्छन् । जसले गर्दा आर्थिक घाटा हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा तेस्रो पक्ष बीमाले केहि हदसम्म आर्थिक घाटाबाट बचाउन मदत गर्दछ । साथै तेस्रो बीमा गरेको खण्डमा दुर्घटना भएपछि पनि सवारी साधनलाई सुरक्षित बनाउने हुँदा सवारी धनीमा केही हदसम्म ढुक्क हुने स्थिति रहन्छ ।

नेपाली बजारमा जति पनि सवारी साधन किनबेच हुन्छ, सबै खाले सवारी साधनमा बीमा अनिवार्य नै हुन्छ । सवारी धनीको इच्छा अनुरुप पूर्ण बीमा अथवा तेस्रो पक्षको बीमा गर्न सकिन्छ । सरकारी नियम अनुसार बीमा जसरी पनि गर्नै पर्ने हुन्छ । जस अनुरुप तेस्रो पक्ष बीमालाई अनिवार्य रुपमा लागू गरिएको छ । जस अनुरुप दुर्घटना पश्चात कानूनी औपचारिकता पूरा गर्न ठूलो मदत पुग्ने गर्छ । साथै दुर्घटनापछि लाग्ने लागतमा समेत तेस्रो पक्ष बीमाले सहयोग गर्दछ ।

दुर्घटनाबाट घाइते भएका वा मृत्यु भएकालाई तेस्रो पक्ष बीमाले नै क्षतिपूर्ति प्रदान गर्दछ । यदि दुर्घटनाबाट तेस्रो पक्ष घाइते भएको छ भने उपचार खर्च बापत ३ लाख रुपैयाँ बीमाले व्यहोर्छ । यसका अलावा तेस्रो पक्षको मृत्यु भएको खण्डमा ५ लाख रुपैयाँ प्रदान गर्दछ । सुरुवाती समय बीमाङ्क रकमबाट ५० हजार रुपैयाँ र केहि समय पश्चात बाँकी रकम प्रदान गर्दछ ।

तर, चालकले मादक पदार्थ सेवन गरि सवारी चलउँदा दुर्घटना भएको खण्डमा बीमाले कुनै खाले सुरक्षा प्रदान गर्दैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS