IME Life

नेपाली बीमा कम्पनीले अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीबाट तीन अर्ब उठाउन सकेनन्, समितिले दियो तीन वर्षको म्याद

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बीमा कम्पनीहरुले कमजोर पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्दा अझै तीन अर्ब रुपैयाँको दाबी पाउन सकेका छैनन् । अफ्रिकन मुलुकका कमजोर रेटिङ भएका पुनर्बीमा कम्पनीहरुमा सस्तोदरमा पुनर्बीमा गर्दा यस्तो अवस्था भोग्नु परेको हो ।

कम्पनीहरुले पुनर्बीमा कम्पनीबाट करिव तीन अर्ब रुपैयाँ उठाउन नसक्दा कयौ बीमा कम्पनीहरुले दाबी भुक्तानीमा ढिलाइ गरेर बसेका छन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालका अनुसार नेपाली कम्पनीहरुले कमजोर पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्दा यस्तो अवस्था आएकोले अहिले भारतको जिआइसी बाहेक अन्य ए रेटेड पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गर्नु पर्ने व्यवस्था गरिएको छ ।

Prabhu
Crest

बीमा कम्पनीहरुले ठुलो रकम पुनर्बीमा कम्पनीहरुबाट उठाउन नसके पछि समय माग गरेका थिए । बीमा समितिले नेपाली बीमा कम्पनीहरुलाई विदेशी पुनर्बीमा कम्पनीबाट दाबी रकम उठाउनका लागि तीन वर्षको समय दिएको छ । अव उपरान्त यसरी कमजोर रेटिङ भएका कम्पनीमा पुनर्बीमा गरेर दाबी ल्याउन नसके पछि बीमा समितिले कस्ता खालका पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्ने भनेर पुनर्बीमा निर्देशिका जारी गरेको अध्यक्ष सिलवालले बताए । उनले भने ‘यसले अन्तर्राष्ट्रिय रुपमा ए रेटेड कम्पनीमा बीमा गर्ने व्यवस्था गरेको छ । भारतको जिआइसी बाहेक अन्य सबै पुनर्बीमा कम्पनी ए रेटेड हुनु पर्छ ।‘

नेपाल असाध्यै जोखिमयुक्त देश अन्तर्गत पर्दछ । यसले गर्दा विदेशी पुनर्बीमा कम्पनीहरुले सस्तो दरमा पुनर्बीमा गर्न मान्दैनन् । यहि कारणले बीमा समितिले इन्जिनियरिङ बीमाको दर बढाएको अध्यक्ष सिलवालले बताए । बीमा समितिले समयानुकुल दर बनाएको उनले दाबी गरे । इन्जिनियरिङ बीमाको दर भारतको भन्दा कम रहेको उनको भनाइ छ । अहिले बीमा कम्पनीहरुका लागि तय भएको बीमा शुल्कले विदेशका राम्रा राम्रा पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न सकिने र सजिलै दाबी पाउन सकिने उनको धारणा छ ।

नेपाली बीमा कम्पनीहरुले सस्तो दरमा बीमा गर्ने र उपयुक्त मात्रामा पुनर्बीमा नगर्ने विगतको परिपाटीले गर्दा अहिले बीमा कम्पनीहरु सबैभन्दा धेरै समस्यामा छन् । अर्बौ खर्बौको दायित्व लिने र उचित मात्रामा पुनर्बीमा नगर्दा बीमा कम्पनीहरु फस्ने गरेका छन् । जवसम्म बीमा कम्पनीहरुले राम्रो सँग पुनर्बीमा गर्दैनन् उनिहरुले समयमा दाबी पनि भुक्तानी गर्न सक्दैनन् । बीमा कम्पनीहरु सँग जोखिम बहन गर्ने क्षमता एकदमै कम हुन्छ तर अधिक मुनाफाका लागि कम्पनीहरु पुनर्बीमा गर्न कञ्जुस गर्छन् । जव दाबी पर्छ अनि वर्षौ दिन झुलाएर बस्छन् । समयमा दाबी नपाउने वित्तीकै बीमितमा बीमा कम्पनी प्रतिको नकारात्मक धारणा सधै यथावत रहन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS