IME Life

पुनर्बीमा कम्पनीहरुको लगानी २६ अर्ब १८ करोड, कुन क्षेत्रमा कति ?

SPIL
NIC ASIA

काठमाडौं । दुई पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षमा २६ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् । जस मध्ये नेपाल पुनर्बीमाको मात्रै १८ अर्ब ७४ करोड रुपैयाँ रहेको छ भने हिमालयन रिको ७ अर्ब ४४ करोड रुपैयाँ मात्रै छ ।

दुबै कम्पनीको सर्वाधिक धेरै बाणिज्य बैंकको मुद्दती निक्षेपमा रहेको छ । नेपाल पुनर्बीमाले बाणिज्य बैंकको मुद्दती निक्षेपमा १४ अर्ब २ करोड रुपैयाँ लगानी गरेको छ भने हिमालयनले ६ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेको छ । हिमालयनले अहिलेसम्म बैंक वित्तीय संस्थाको मुद्ती निक्षेपमा मात्रै लगानी गरेको छ ।

Prabhu
Crest

सूचिकृत पब्लिक लिमिटेड कम्पनीको शेयरमा नेपाल पुनर्बीमाको मात्रै ९ करोड ४७ लाख रुपैयाँ लगानी रहेको छ । हिमालयनको छैन । बैंक वित्तीय संस्थाको ऋणपत्र तथा अग्राधिकार शेयरमा नेपाल पुनर्बीमाको एक अर्ब ७३ करोड रुपैयाँ लगानी छ भने हिमालयनको ५८ करोड ९० लाख रुपैयाँ लगानी छ । विकास बैंकको मुद्दती निक्षेपमा नेपाल पुनर्बीमाको एक अर्ब ४८ करोड रुपैयाँ लगानी रहेको छ । नेपाल पुनर्बीमाले संस्थापक शेयरमा मात्रै एक अर्ब लगानी गरिसकेको छ । अहिलेसम्म हिमालयनले लगानीका अध्यक्ष क्षेत्रमा प्रवेश गरिसकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS