IME Life

आजदेखि बैंक अफ काठमाण्डूले ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, ब्याज कति ?

SPIL
NIC ASIA

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आज भदौ २ गतेदेखि ऋणपत्र निष्काशन गर्दैछ । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका १ अर्ब १० करोड रुपैयाँ बराबरका ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

जसमध्ये ६० प्रतिशत अर्थात ६६ करोड बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने ४४ करोड बराबरको ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गर्नेछ । सर्वसाधारणलाई विक्री गर्ने ४ लाख ४० हजार कित्तामध्ये २२ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषलाई बाँडफाँड गर्नेछ ।

कम्पनीले ७ वर्ष अवधिको १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘बिओके डिवेञ्चर, २०८६’ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो । यस ऋणपत्रमा भदौ ७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ १६ गतेसम्म थप हुनेछ ।

ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS