IME Life

धितोपत्र बोर्डले १२ ब्रोकरलाई २३ वटा शाखा खोल्न दियो स्वीकृति, कुनले कहाँ कहाँ खोल्दैछन् ?

SPIL
NIC ASIA

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले १२ वटा ब्रोकर कार्यालयलाई २२ वटा शाखा कार्यालय खोल्न स्वीकृति दिएको छ । जस मध्ये १७ वटालाई शाखा संचालनका लागि स्वीकृति दिइएको छ भने ५ वटालाई पुर्वाधार तयार गर्न स्वीकृति दिइएको धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए ।

भिजन सेक्युरिटिजले नवलपरासीको कावासोती, म्याग्दीको बेनी, तनहुँको दमौलीमा शाखा सञ्चालनका लागि अनुमति पाएको छ । त्यस्तै दिपशिखाले चितवनको टाँडी र कैलालीको लम्कीमा शाखा कार्यालय खोल्दैछ । नेपाल स्टक हाउसले नुवाकोटको विदुरमा र कैलालीको टिकापुरमा शाखा संचालनका लागि स्वीकृति पाएको हो ।

Prabhu
Crest

आर्यताराले पाल्पाको तानसेन र रुपन्देहीको भैरहवामा शाखा संचालन गर्दैछ । अनलाईनले नुवाकोटको बट्टारमा, मल्ल एण्ड मल्लले पाँचथरको फिदिम र इलाममा, सेक्युर्डले झापाको दमकमा, त्रिशुलले नवलपरासीको कावासोतीमा, अक्सफोर्डले नवलपुरको भुमहीमा, डाइनामिकले चितवनको भरतपुरमा, दिव्याले पर्वतको कुस्मामा र जे.एफले दाङको तुल्सीपुरमा शाखा कार्यालय संचालन गर्न अनुमति पाएको हो ।

बोर्डले अनलाइन सेक्युरिटिजलाई रामेछापको मन्थलीमा र मोरगंको उर्लाबारीमा पुर्वाधार तयार गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै दिपशिखा धितोपत्र कारोबार कम्पनीलाई पनि सिरहाको लाहान र दोलखाको चरिकोटमा पुर्वाधार तयार गर्न अनुमति दिएको हो ।

बोर्डमा यस बाहेक अन्य ब्रोकरले पनि शाखा कार्यालयको लागि निवेदन दिएका छन् । तर उनिहरुको अध्ययन गरेर मात्रै पुर्वाधार तयार गर्न स्वीकृति प्रदान गर्नेछ । ब्रोकरले शाखा कार्यालय खोल्न चाहेमा सबैभन्दा पनि आवस्यक कागपत्र सहित निवेदन दिनु पर्ने हुन्छ । ब्रोकरले चाहेको स्थानमा कार्यालय खोल्न चाहेमा निवेदन दिनु पर्ने हुन्छ । त्यस पछिले बोर्डले आवश्यक ठानेमा तोकिएको पुर्वाधार तयार गर्न गर्न स्वीकृति दिनेछ । पुर्वाधार तयार पारे पछि त्यसको अवलोकन गरेर शाखा कार्यालय सञ्चालन गर्न अनुमित दिनेछ ।

ब्रोकरले शाखा कार्यालय खोल्न आवेदन दिएको तर बोर्डले अनुमति नदिएको भन्दै विरोध गर्दै आएका थिए । केहि समय अगाडी लगानीकर्ताले आन्दोलनका क्रममा अहिले भएका ब्रोकर कार्यालयलाई शाखा कार्यालय सञ्चालन अनुमति दिनु पर्ने माग राखेका थिए । तत्कालिन समयमा बोर्डले शाखा कार्यालयको सञ्चालन अनुमति दिने प्रतिवद्धता व्यक्त गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS