IME Life

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम १ अर्ब ४० करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव ३६ अंकले घटेर २,०४० दशमलव ७० को विन्दुमा कायम भएको छ । आज १०२ कम्पनीको शेयर मुल्य बढेको छ भने ६९ कम्पनीको शेयर मुल्य घटेको छ । आज ६ उपसूचक घटेका छन् । आज दिनभरिमा २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ५९ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्स कम्पनीको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मन्दाकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । अपर सोलुका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS