IME Life

तीन हाइड्रोपावरको आजदेखि कारोबार हुने, ओपनिङ रेञ्ज कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा साउन ३१ गते तीन कम्पनीको आइपीओ सूचिकृत भएको छ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ सूचिकृत भएको हो ।

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण तर्फको समेत १ करोड ३५ लाख कित्ता शेयर सूचिकृत गरेको हो । कम्पनीले संस्थापक तर्फको ७५ दशमलव ५ प्रतिशत र सर्वसाधारण तर्फको स्थानीयमा वितरण गरिएको १० प्रतिशत र सामूहिक लगानीकोष र कर्मचारी सहित सर्वसाधारणमा जारी गरिएको १४ दशमलव ५ प्रतिशत शेयर सूचिकृत गराएको हो ।

Prabhu
Crest

नेप्सेले यूएसएचईसी संकेतबाट कम्पनीको शेयर कारोबार खुला हुने गरी पहिलो कारोबारका लागि खुला मूल्य प्रतिकित्ता न्यूनतम १०८ रुपैयाँ २१ पैसा देखि अधिकतम ३२४ रुपैयाँ ६३ पैसासम्म तोकेको छ ।

त्यस्तै नै श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले पनि १ करोड ५९ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचिकृत गरेको छ । नेप्सेले एसजीएचसी स्टक संकेतबाट कम्पनीको उक्त शेयर सूचिकृत गराएको हो । पहिलो शेयर कारोबारका लागि कम्पनीले न्यूनतम प्रतिकित्ता ८९ रुपैयाँ ८८ पैसादेखि अधिकतम २६९ रुपैयाँ ६४ पैसासम्मको मूल्यरेञ्ज तोकेको छ ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पनि कुल ५८ लाख ८० हजार ३६९ कित्ता शेयर नेप्सेमा सूचिकृत गराएको हो । यस कम्पनीको शेयर एमएचएल स्टक संकेतबाट सूचीकृत भएको छ । कम्पनीको पहिलो शेयर कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १०२ रुपैयाँदेखि अधिकतम ३०६ रुपैयाँसम्मको मूल्यरेञ्ज तोकेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS