IME Life

सांग्रिला डेभलपमेन्टको सांग्रिला मुद्दती धमाका योजना खाता संचालनमा

SPIL
NIC ASIA

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले यो योजना न्यूनतम मौज्दात दश हजारबाट सुरु गर्न सक्ने बैंकले जनाएको छ ।

यस मुद्दती योजना अन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणा सम्म प्रतिफल प्राप्त गर्न सक्नेछन् । ग्राहकले यस योजना अन्तर्गत आफ्नो वचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्नुहुनेछ भने सोही अनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

यस योजना अन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था गरिएको छ । ग्राहकले आफ्नो वचत रकममा कर्जा लिने/दिने दिन सम्म पूँजीकरण गरिएको व्याज रकम समेत जोडेर हुन आउने रकमको ८० प्रतिशत सम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस योजनामा सहभागि हुन चाहने ग्राहक महानुभावहरुले मुलुकभर रहेको ११२ शाखा कार्यालयहरु मार्फत सुलभ तरिकाले खाता खोली रकम वचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र संचालन गरिएको छ । यस योजना अन्र्तगत ग्राहक महानुभावले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS