Prabhu Life Ad Final

प्रभु क्यापिटलको हितग्राही ग्राहकले एक्सप्रेस र रोडहाउसमा १० प्रतिशत छुट पाउने

काठमाडौं । प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा समझौता भएको छ ।

सम्झौता अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेकआउट अथवा बिल पेमेन्ट गर्दा प्रोमो कोड मा प्रभु क्याप १० उल्लेख गर्नुपर्ने हुन्छ ।

Biz Bazar
NLIC

यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्तर्गत रोडहाउस पिज्जा, बत्तीसपुतली, काठमाडौंबाट सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीले चेकआउट अथवा बलि पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार