Prabhu Life Ad Final

८ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेपको बीमा

काठमाडौं ।  निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७९ असार मसान्तमा ६२ बैंक तथा वित्तीय संस्थाहरुमा ३ करोड ६१ लाख ४३ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेकोबचत, चल्ती, कल तथा मुद्दती निक्षेप रकम ८ खर्ब ७९ अर्ब २२ करोड निक्षेपको बीमा मार्फत सुरक्षण गरेको छ ।

२०७८ असार मसान्तमा २ करोड ९६ लाख ३९ हजार खातामा रहेको ८ खर्ब ११ अर्ब ३१ करोड निक्षेप सुरक्षण गरिएको थियो ।

Biz Bazar
NLIC

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको २ खर्ब ६४ अर्ब ७ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ । २०७८ असार मसान्तमा २ खर्ब १० अर्ब ३३ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार