IME Life

निर्जीवन बीमा कम्पनीहरुले कमाए ४ अर्ब ५५ करोड मुनाफा, ५ कम्पनीको घट्यो, अन्यको अवस्था कस्तो ? (सूचिसहित )

SPIL
NIC ASIA

काठमाडौं । १८ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/ ७९ को चौथो त्रैमासमा ४ अर्ब ५५ करोड ९८ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छन् । अघिल्लो आर्थिक वर्ष २०७७ /७८ को सोही अवधिमा यी कम्पनीहरुले ४ अर्ब २४ करोड ६३ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद नाफा ७ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको चौथो त्रेमासमा सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीले नाफा आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ५५ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ९ दशमलव ३ प्रतिशतले मात्र बढेको हो । दोस्रोमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३१ प्रतिशतले बृद्धि गर्न सफल भएको हो ।

Prabhu
Crest

शिखर इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा २८ प्रतिशतले बृद्धि गरी ४० करोड १४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । यस अवधिमा नेपाल इन्स्योरेन्सले ३२ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७ प्रतिशतले बढेको हो । प्रभु इन्स्योरेन्सले यस अवधिमा २३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २ प्रतिशतले बृद्धि भएको हो ।

एनएलजी इन्स्योरेन्स कम्पनीले यस अवधिमा २३ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा १४ प्रतिशतले बढी हो । लुम्बिनी जनरलले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा १५ प्रतिशतले बृद्धि गरी १८ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ ।
त्यस्तै, प्रुडेन्सियल इन्स्योेरेन्सले १५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३१ प्रतिशतले बढेको हो । हिमालयन जनरलले यस अवधिमा १४ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३३ प्रतिशतले बढी हो । सानिमा जनरलले १४ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९८ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा यूनाइटेड इन्स्योरेन्सले १३ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३२ प्रतिशतले बढी हो । अजोड इन्स्योरेन्सले यस अवधिमा ११ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १६ प्रतिशतले बढी हो । जनरल इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा २४ प्रतिशतले बृद्धि गरी ११ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ ।

पाँच कम्पनीको नाफा घट्यो
यस अवधिमा पाँच वटा निर्जीवन बीमा कम्पनीहरुको नाफामा गिरावट आएको छ । चौथो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणलाई हेर्दा सगरमाथा इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, आइएमई जनरल, एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाफा घटेको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा ८ प्रतिशतले गिरावट देखिएको छ । कम्पनीले यस अवधिमा ४० करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । प्रिमियर इन्स्योरेन्सको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३ प्रतिशतले गिरावट आई ३६ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ३२ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । आइएमई जनरलले यस अवधिमा १७ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २ प्रतिशतले घटेको हो । एभरेष्ट इन्स्योरेस कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५९ प्रतिशतले गिरावट देखिएको छ । यस अवधिमा कम्पनीले ६ करोड ५ लाख मात्र नाफा आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS