IME Life

मर्जरको सहमति गरेको गुराँस लाइफले घोषणा गर्यो लाभांश, कति दियो बोनस शेयर ?

SPIL
NIC ASIA

काठमाडौं । मर्जरको सहमति गरेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । केहि दिन अगाडी बीमा समितिबाट वित्तीय विवरण स्वीकृत गराएको गुराँसले चुक्ता पूँजीको ७.४४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको श्रावण ३० गते बसेको सञ्चालक समितिको १८९ ‍औ बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँमा लाभांश प्रसत्व गरेको हो । कम्पनीले १५ करोड ५१ लाख रुपैयाँको बोनस शेयर र ८१ लाख ६४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

प्रस्तुत लाभांश कम्पनीको साधारणसभा पश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् । मर्जरको सहमति गरेका कारण अहिले कम्पनीको शेयर कारोबार बन्द छ । मर्जरको अन्तिम अवस्थामा पुगेको भनिएको मर्जर पुर्ण नहुँदै गुराँसले भने अघिल्लो आर्थिक वर्षमा पाकेको मुनाफा वितरण गर्ने भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS