IME Life

हिमालयन जनरलको खुद बीमा शुल्क आर्जन ४९%ले बढ्यो, अधिकांश सूचकमा उत्साहजनक प्रगति

SPIL
NIC ASIA

काठमाडौं । साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सकारात्मक प्रगति देखिएको छ ।

यस अवधिसम्ममा कम्पनीले १४ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३३ दशमलव ८८ प्रतिशतले बढी हो ।
१ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २४ करोड २६ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २४ करोड ९२ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको बीमा कोषमा ६९ करोड ९ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ४१ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४९ प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिमा १८ करोड २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८१ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८१ पैसा रहेको छ । यस अवधिमा कम्पनीले ५० करोड ९५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस अवधिमा भुक्तानी हुन बाँकी दाबी रकम ८५ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS