IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ३२ प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन ४३ करोड १५ लाख

SPIL
NIC ASIA

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/ ७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोष, खुद बीमा शुल्क आर्जन घटेको छ ।

यस अवधिसम्ममा कम्पनीले १५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३२ प्रतितशले बढी हो ।

Prabhu
Crest

१ अर्ब १८ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २५ करोड ६४ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २६ करोड ४४ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको बीमा कोषमा ६७ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ४३ करोड १५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २६ प्रतिशतले कमी हो ।

कम्पनीले यस अवधिमा २९ करोड २१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ७४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ । यस अवधिमा कम्पनीले ७१ करोड ५३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस अवधिमा भुक्तानी हुन बाँकी दाबी रकम ४६ करोड ७० लाख रुपैयाँ रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS