IME Life

आजबाट आईपीओ आएको पिपुल्स पावरको बारेमा सम्पूर्ण जानकारी

SPIL
NIC ASIA

काठमाडौं । श्रावण ३१ गते (आज) देखि पिपुल्स पावर लिमिटेडले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले प्रति कित्ता रु.१०० अंकित दरका २४ लाख ६७ हजार ४०० कित्ता शेयरमध्ये ४९ हजार ३४८ कित्ता अर्थात २ प्रतिशत कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको र १ लाख २३ हजार ३७० कित्ता ५ प्रतिशत सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहने २२ लाख ९४ हजार ६८२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरिएको छ ।

Prabhu
Crest

आईपीओमा आवेदन दिने समय :
आईपीओ साउन ३१ गते देखि भाद्र ५ गते सम्म खुल्ने छ । भाद्र ५ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि भाद्र ५ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा भाद्र १४  गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै असम्भव जस्तै छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको बारेमा :
नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी संभाव्यता अध्ययन, निर्माण र संचालन गर्ने र यस कम्पनीमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) काबासिन्दा तथा सर्वसाधारणहरुको जन सहभागिता बिस्तार गर्ने हेतुले मिति २०७३/१०/१३ मा पव्लिक लिमिटेड कम्पनीमा दर्ता भई पिपुल्स पावर लिमिटडको नाममा कारोबार संचालन गर्दै आएको कम्पनी
हो ।

संस्थाको रजिष्टर्ड ठेगाना : कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं २ खुर्सानिटारमा रहेको छ ।

आयोजना स्थल : इलाम जिल्ला, ईलाम नगरपालिका वडा नं. १ र ४

मेगावाट : ४.९६ मेगावाट

श्रोत नदी : पुवा खोला

योजनाको किसिम:  रन अफ रिभर

आइपीओ निस्काशन पश्चात सस्थापक तर्फ ५१ प्रतिशत शेयर स्वामित्व छ भने स्थानीय वासिन्दाहरुको १० प्रतिशत र कर्मचारी सहित सर्वासाधारण शेयरधनीहरुको ३९ प्रतिशत्त शेयर स्वामित्व रहेको छ । आईपीओ निस्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख पुग्ने छ ।

संचालक समितिको जानकारी :
कम्पनीको अध्यक्षमा भरत बहादुर खत्री रहेका छन् । त्यस्तै संचालक समिति सदस्यमा बिरेन्द्रबहादुर न्यौपाने, टङ्कराज अर्याल, रमन अग्रवाल र सन्तोषराज नेपाल रहेका छन् ।

हाल यस कम्पनीमा ४८९ जना संस्थापक शेयरधनीहरु रहेका छन् । यस कम्पनीका संस्थापक शेयरधनीहरु विद्युत, उर्जा, बैंक वित्तीय क्षेत्र, स्वास्थ्य, शैक्षिक क्षेत्र एवं व्यापार व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामोसमयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् ।

आयोजनाको हालको अनुमानित लागत : ९५ करोड ६ लाख ६९ हजार ७५१ रहेको छ ।

प्रति मेगावाट लागत  :
१९ करोड रु.१९ करोड १६ लाख रहेको छ ।

वित्तीय विवरण :

क्रेडिट रेटिङ्ग :
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेडबाट इस्यूर रेटिङ्ग गराई “CARE-NP BB (IS) (Double B (Issuer Rating)” रेटिङ्ग प्राप्त गरेको छ । जसले कम्पनीको वित्तिय दायित्व वहन गर्ने क्षमता औसत जोखिम  रहेको जनाउँदछ ।

आईपीओबाट उठेको पैसा के मा उपयोग गर्दै छ ?

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक :

प्रभु क्यापिटल लिमिटेड , कमलादी, काठमाण्डौं रहेको छ।

 

 

 

नोट : लगानी निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS